एमालेको निशानामा तीन मन्त्री
काठमाडौं । नेकपा (एमाले) को निशानमा एकसाथ तीनजना मन्त्रीहरु परेका छन् । विभिन्न विवादमा परेका मन्त्रीहरुको राजीनामा माग प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सांसद रघुजी पन्तले गरेका हुन् ।
उनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किराँतीको राजीनामाको माग विहीबार प्रतिनिधिसभाको बैठकमा गरे ।
प्रधानमन्त्रीले सुशासनको भाषण गर्ने तर व्यवहारमा त्यस्तो नदेखिएको आरोप पन्तले लगाए । उनले लुम्बिनी विकास कोषमा ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्त गरेर अवैधानिक काम गर्न दिएको र त्यसमा पर्यटनमन्त्री किराँतीको संलग्नता रहेको पन्तले दाबी गरे ।
यसैगरी बालकुमारी घटनामा छानविन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा वयान दिएर आएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई सरकारबाट हटाउन उनले माग गरे ।
यसैबीच एमाले निकट विद्यार्थी संगठन अनेरास्वियुले बालकुमारी घटनाको विषयलाई लिएर बिहीबार बिहान देशैभरिका क्याम्पस अगाडि प्रदर्शन गरेको थियो ।बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न खबरदारी तथा प्रदर्शन गरिएको अनेरास्ववियुले जनाएको छ ।
यस क्रममा काठमाडौंको मीन भवन क्याम्पसको गेट अगाडि पुत्ला दहन तथा सिठ्ठी बजाएर विरोध प्रदर्शन गरिएको थियो । बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने अनेरास्वियुको माग छ।
छानबिन गर्न गठित समितिले सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको निष्कर्ष निकालेको थियो ।
ताजा
दुई मन्त्रीको तस्वीर सेयर गर्दै बालेनले लेखे– देश उँभो लाउने टोली !
२०८३ मंसिर ८ गते, मंगलवार
दुई मन्त्रीको तस्वीर सेयर गर्दै बालेनले लेखे– देश उँभो लाउने टोली !
२०८३ मंसिर ८ गते, मंगलवार
आजदेखि दशौं राष्ट्रिय खेलकुदका खेलहरू सुरु
२०८३ मंसिर ८ गते, मंगलवार
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा
२०८३ मंसिर ८ गते, मंगलवारउत्तम मगरको स्वरमा रहेको ‘आँखामा तिमी’ सार्वजनिक ( भिडियो )
२०८३ मंसिर ८ गते, मंगलवार
भारतद्वारा २४ हजार करोडको सहयोग प्याकेज घोषणा
२०८३ मंसिर ७ गते, सोमबार
प्रधानमन्त्री बालेन र मोदीद्वारा जनकपुरधाम–अयोध्या रेल सेवाको संयुक्त रुपमा उद्घाटन
२०८३ मंसिर ७ गते, सोमबार
प्रधानमन्त्री बालेनको लिखित सन्देशः ‘करुणा नै सर्वोच्च शक्ति हो’
२०८३ मंसिर ७ गते, सोमबार
सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहः डा. केसी
२०८३ मंसिर ७ गते, सोमबार
प्रधानमन्त्री बालेनद्वारा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण
२०८३ मंसिर ७ गते, सोमबार
प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता
२०८३ मंसिर ७ गते, सोमबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





