एमालेको निशानामा तीन मन्त्री

२०८० फाल्गुन ११ गते, शुक्रबार

काठमाडौं । नेकपा (एमाले) को निशानमा एकसाथ तीनजना मन्त्रीहरु परेका छन् । विभिन्न विवादमा परेका मन्त्रीहरुको राजीनामा माग प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सांसद रघुजी पन्तले गरेका हुन् ।
उनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किराँतीको राजीनामाको माग विहीबार प्रतिनिधिसभाको बैठकमा गरे ।
प्रधानमन्त्रीले सुशासनको भाषण गर्ने तर व्यवहारमा त्यस्तो नदेखिएको आरोप पन्तले लगाए । उनले लुम्बिनी विकास कोषमा ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्त गरेर अवैधानिक काम गर्न दिएको र त्यसमा पर्यटनमन्त्री किराँतीको संलग्नता रहेको पन्तले दाबी गरे ।
यसैगरी बालकुमारी घटनामा छानविन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा वयान दिएर आएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई सरकारबाट हटाउन उनले माग गरे ।
यसैबीच एमाले निकट विद्यार्थी संगठन अनेरास्वियुले बालकुमारी घटनाको विषयलाई लिएर बिहीबार बिहान देशैभरिका क्याम्पस अगाडि प्रदर्शन गरेको थियो ।बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न खबरदारी तथा प्रदर्शन गरिएको अनेरास्ववियुले जनाएको छ ।
यस क्रममा काठमाडौंको मीन भवन क्याम्पसको गेट अगाडि पुत्ला दहन तथा सिठ्ठी बजाएर विरोध प्रदर्शन गरिएको थियो । बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने अनेरास्वियुको माग छ।
छानबिन गर्न गठित समितिले सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको निष्कर्ष निकालेको थियो ।

129 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal