एमालेको निशानामा तीन मन्त्री

२०८० फाल्गुन ११ गते, शुक्रबार

काठमाडौं । नेकपा (एमाले) को निशानमा एकसाथ तीनजना मन्त्रीहरु परेका छन् । विभिन्न विवादमा परेका मन्त्रीहरुको राजीनामा माग प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सांसद रघुजी पन्तले गरेका हुन् ।
उनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किराँतीको राजीनामाको माग विहीबार प्रतिनिधिसभाको बैठकमा गरे ।
प्रधानमन्त्रीले सुशासनको भाषण गर्ने तर व्यवहारमा त्यस्तो नदेखिएको आरोप पन्तले लगाए । उनले लुम्बिनी विकास कोषमा ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्त गरेर अवैधानिक काम गर्न दिएको र त्यसमा पर्यटनमन्त्री किराँतीको संलग्नता रहेको पन्तले दाबी गरे ।
यसैगरी बालकुमारी घटनामा छानविन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा वयान दिएर आएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई सरकारबाट हटाउन उनले माग गरे ।
यसैबीच एमाले निकट विद्यार्थी संगठन अनेरास्वियुले बालकुमारी घटनाको विषयलाई लिएर बिहीबार बिहान देशैभरिका क्याम्पस अगाडि प्रदर्शन गरेको थियो ।बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न खबरदारी तथा प्रदर्शन गरिएको अनेरास्ववियुले जनाएको छ ।
यस क्रममा काठमाडौंको मीन भवन क्याम्पसको गेट अगाडि पुत्ला दहन तथा सिठ्ठी बजाएर विरोध प्रदर्शन गरिएको थियो । बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने अनेरास्वियुको माग छ।
छानबिन गर्न गठित समितिले सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको निष्कर्ष निकालेको थियो ।

36 Views

ताजा

थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक

२०८१ माघ १६ गते, बुधबार

थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक

२०८१ माघ १६ गते, बुधबार

एपी शर्माले ल्याए ‘भ्यालेन्टाइन’ (भिडियो)

२०८१ माघ १६ गते, बुधबार

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

ताइवानमा शक्तिशाली भूकम्प

२०८१ माघ ८ गते, मंगलवार

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२०८१ माघ ८ गते, मंगलवार

चैत ५ गते स्ववियु निर्वाचन

२०८१ माघ ८ गते, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ

२०८१ माघ ८ गते, मंगलवार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal