गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्ड–२०८०ः टप– ५ नोमिनेशनको प्रमाणपत्र वितरण
काठमाडौं । काठमाडौँ । पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्ड २०८० को टप ५ नोमिनेशन प्रमाणपत्र वितरण गरिएको छ । यस अवार्डका उत्कृष्ट पाँचमा परेकाहरुलाई बुधबार काठमाडौँको राष्ट्रिय नाचघर,जमलमा एक कार्यक्रम गरी कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले प्रमाणपत्र प्रदान गरेका हुन्।
“अग्रजलाई सम्मान,नयाँलाई प्रोत्साहन,मौलिक गीत संगीत,कला संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ बि।एस।के। एक्टिभ नेपाल प्रोडक्सनले आयोजना गरेको यस गौतम बुद्ध म्युजिक एन्ड फिल्म अवार्डमा चलचित्र, लोकदोहोरी, आधुनिक, राष्ट्रिय गित पप, गित म्हेन्दोमाया,गित तामाङ सेलो,देउडा लगायत विभिन्न विधाका गायक,गायिका,शब्द रचनाकार,संगीतकार,म्युजिक भिडियो निर्देशक, फिल्म निर्देशक मोडल,नायक,नायिका गरी ३८ विधाका सम्पूर्ण प्रतिस्पर्धी कलाकारहरुलाई प्रमाणपत्र वितरण गरिएको हो। सम्पूर्ण प्रतिस्पर्धी कलाकारहरुलाई निर्णायक मण्डलका सदस्यहरूले मूल्यांकन गरेर सर्वोत्कृष्ट ५ छानेका हुन्। निर्णायक मण्डलको प्रमुख भूमिका डिका गुरुङले निर्वाह गरेका थिए भने अन्य सदस्यहरु राजु खड्का,जि पुन,दिपक लामा,रोशन फ्युबा लामा,रेशम विश्वकर्मा,निमा पाखृन तामाङ थिए।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा तारकेश्वर गाउँ पालिका वडा नं १ का अध्यक्ष चक्र बहादुर तामाङ,विशेष अतिथिहरुमा, तरुण दल तारकेश्वरका अध्यक्ष बुद्धि तामाङ,शुशिल वाइबा, पुर्खा जित राई तामाङ चल चित्रसंघका उपाध्यक्ष बिनयक तामाङ उपस्थित थिए। त्यस्तै मिस तामाङ– २०२३ याङ्गी पसङ वाइबा,चलचित्र निर्माता आदर्श पौडेल, मिशेष गुरुङ २०२२ निलम गुरुङलाई कार्यक्रममा सम्मान गरिएको थियो।
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





