गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्ड–२०८०ः टप– ५ नोमिनेशनको प्रमाणपत्र वितरण

काठमाडौं । काठमाडौँ । पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्ड २०८० को टप ५ नोमिनेशन प्रमाणपत्र वितरण गरिएको छ । यस अवार्डका उत्कृष्ट पाँचमा परेकाहरुलाई बुधबार काठमाडौँको राष्ट्रिय नाचघर,जमलमा एक कार्यक्रम गरी कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले प्रमाणपत्र प्रदान गरेका हुन्।
“अग्रजलाई सम्मान,नयाँलाई प्रोत्साहन,मौलिक गीत संगीत,कला संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ बि।एस।के। एक्टिभ नेपाल प्रोडक्सनले आयोजना गरेको यस गौतम बुद्ध म्युजिक एन्ड फिल्म अवार्डमा चलचित्र, लोकदोहोरी, आधुनिक, राष्ट्रिय गित पप, गित म्हेन्दोमाया,गित तामाङ सेलो,देउडा लगायत विभिन्न विधाका गायक,गायिका,शब्द रचनाकार,संगीतकार,म्युजिक भिडियो निर्देशक, फिल्म निर्देशक मोडल,नायक,नायिका गरी ३८ विधाका सम्पूर्ण प्रतिस्पर्धी कलाकारहरुलाई प्रमाणपत्र वितरण गरिएको हो। सम्पूर्ण प्रतिस्पर्धी कलाकारहरुलाई निर्णायक मण्डलका सदस्यहरूले मूल्यांकन गरेर सर्वोत्कृष्ट ५ छानेका हुन्। निर्णायक मण्डलको प्रमुख भूमिका डिका गुरुङले निर्वाह गरेका थिए भने अन्य सदस्यहरु राजु खड्का,जि पुन,दिपक लामा,रोशन फ्युबा लामा,रेशम विश्वकर्मा,निमा पाखृन तामाङ थिए।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा तारकेश्वर गाउँ पालिका वडा नं १ का अध्यक्ष चक्र बहादुर तामाङ,विशेष अतिथिहरुमा, तरुण दल तारकेश्वरका अध्यक्ष बुद्धि तामाङ,शुशिल वाइबा, पुर्खा जित राई तामाङ चल चित्रसंघका उपाध्यक्ष बिनयक तामाङ उपस्थित थिए। त्यस्तै मिस तामाङ– २०२३ याङ्गी पसङ वाइबा,चलचित्र निर्माता आदर्श पौडेल, मिशेष गुरुङ २०२२ निलम गुरुङलाई कार्यक्रममा सम्मान गरिएको थियो।
ताजा

माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही
२०८१ चैत्र ४ गते, सोमबार
सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन
२०८१ चैत्र ४ गते, सोमबार
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
२०८१ चैत्र ४ गते, सोमबार
फूल बिक्री गरेरै मासिक दुई लाख रुपैयाँ आम्दानी
२०८१ चैत्र ४ गते, सोमबार
श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन
२०८१ चैत्र ४ गते, सोमबार
धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते
२०८१ चैत्र ३ गते, आईतवार
समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने
२०८१ चैत्र ३ गते, आईतवार
लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर
२०८१ चैत्र ३ गते, आईतवार
प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक
२०८१ चैत्र ३ गते, आईतवारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार