पौडेलको लेउ खुकुरी लेउ सार्वजनिक
काठमाडौं । नवीन पौडेल लोकदोहोरी क्षेत्रमा लोकप्रिय नाम हो । उनका गीतहरुले स्रोताको मन जितेको पाइन्छ । जनताको दुःख, पीडा र वेदनामा उनले गीत निर्माण गर्छन् । जनचेतना फैलाउने खालका यथार्थपरक गीत सिर्जना गरी गाउने गर्छन् । हरेक जनतालाई एकताको सुत्रमा बाँध्न उनका गीतहरुले भूमिका खेलेको पाइन्छ । समाजमा चलिआएका कुरिती र जनताको बोलीलाई टपक्क टिपेर जस्ताको तस्तै गीतमा उतारेर गाउँदा उनलाई धेरैले मन पराइदिएका छन् ।
‘नरोउ धर्केर’ उनको पहिलो गीत थियो । यो गीत २०५८ सालमा म्यूजिक नेपालबाट बजारमा आएको थियो । यो गीतसँगै उनी सांगीतिक क्षेत्रमा स्थापित भएका थिए । पहिलो गीतबाट राम्रै सफलता पाए । अडियोको जमाना थियो, भिडियो बनाउने चलन भर्खर भर्खर सुरु भएको भए पनि अडियो नै सबैभन्दा धेरै बिक्री हुने गथ्र्यो । नरोऊ धर्केर गीतले उनलाई स्रोताहरुको सामु चिनायो, प्रतिक्रिया पनि राम्रो आयो । त्यसपछि ‘तिम्रै भरमा’ २०५९ मा बजारमा ल्याए । दोस्रो एल्बम बजारमा आएपछि नवीन पौडेल लोकदोहोरी गायनमा राम्रो पहिचानका साथ स्थापित भए ।
गायक नवीन पौडेल भन्ने वित्तिकै स्रोताहरुले चिन्न गीतहरु भनेको धेरै छन् । श्रीनगर बतासे डाँडैमा, जान्न म त त्यो घर, रातो डोरी कपाल लर्केको, यस्तै हुन्छ भन्ने भा जस्ता गीतहरुको सम्झना धेरैलाई आउने गर्छ । नरोऊ धर्केरबाट सुरु भएको उनको सांगीतिक यात्रा तिम्रै भरमा, मायालु तिम्रै म हुँ नि, हरेक जात जाती छौं नानाथरी, आजै भेट भाको, बैंश आकी छोरीलाई जोगाउनै गाह्रो, सत्य खान्छु कसम, ए हजुर सुन्नु भाछर, दुःखका दिन गए, सुदूरपश्चिम घर मेरो, अहिलेको लेउ खुकुरी लेउसम्म सयको हाराहारी गीत गाएका छन् ।
नवीन पौडेल पाल्पाको दर्लमडाँडा–१ (हालको बगनासकाली गाउँपालिका–५)मा जन्मिएका हुन् । बुबा लीलाधर पौडेल र आमा कमलादेवी पौडेलको १० छोरा र एक छोरीमध्ये ८ औं सन्तान हुन् नवीन । गाउँकै दर्लमडाँडा माध्यमिक विद्यालयमा एसएलसीसम्मको अध्ययन गरेका हुन् । त्यसपछि आरआर क्याम्पसमा आएर संगीत विषयमा बी.ए.सम्मको अध्ययन गरेका छन् । मध्यम वर्गीय परिवारमा जन्मिएका उनी स्कुलका पनि मध्यम खालका विद्यार्थी थिए । स्कुलमा हुने विभिन्न कार्यक्रमहरुमा गीत गाउँथे र पुरस्कारहरु पनि चुम्ने गर्थे । गाउँमा हुने रोधीमा पनि उनको उपस्थिति हुने गथ्र्यो । गाउँमा छँदाको परिवेशले नै उनलाई गायक बन्न मद्दत गरेको थियो । पाल्पाको भूगोल लोकदोहोरीका लागि उर्बर भूमी हो ।
नवीन पौडेल अर्का त्यस्ता भाग्यमानी गायक हुन् जसले मुलुकभित्र हुने मेला महोत्सवमा सबैभन्दा धेरै ठाउँमा सहभागी भएर आफ्नो प्रस्तुति दिइसकेका छन् । नेपालका ७० जिल्लामा भएका महोत्सवहरुमा गायक पौडेलले आफ्नो प्रस्तुति दिएर दर्शक, स्रोताहरुको माया बटुलेका छन् । उनी स्टेजमा चढिसकेपछि दर्शकहरुलाई नचाउन सफल हुन्छ । दर्शकदीर्घाबाट उनको गीतलाई वान्स मोर भनिरहँदा उनलाई अझै उर्जा मिलिरहेको छ । वास्तवमा उनलाई धेरैले ‘स्टेज किङ’ नै पनि भन्ने गरेका छन् । उनको दमदार प्रस्तुतिले हरेक जिल्लाका मेला महोत्सवमा उनलाई निम्तो आउने गर्छ । वर्षभरि उनी कहिले पूर्व त कहिले पश्चिम पुग्छन्, महोत्सवमा गीत गाउनका लागि भ्याइनभ्याइ हुने गर्छ । नेपालबाहेक विदेशमा पनि उनको डिमाण्ड धेरै हुने गर्छ । मुलुक, यूएई, कतार, मलेसिया, भारत, बंगलादेश, हङकङ, थाइल्याण्ड, भुटान, जापान, अष्ट्रेलिया, जर्मन, लक्जेम्बर्ग, नेदरल्याण्ड, पोर्चुगल, फ्रान्स, बेल्जियम, स्पेन, डेनमार्क, चेक रिपब्लिक लगायत युरोपका १६ लगायत चार दर्जनभन्दा बढी मुलुकमा उनले आफ्नो सांगीतिक प्रस्तुति दिइसकेका छन् ।
जनजनको मनमा बस्न सफल गायक पौडेलका गीतहरु सबैका मुखमा झुन्डिने खालका छन् । गीतमा सरलता, यथार्थता र सन्देशमूलक गीत गाउनु र सिर्जना गर्नु उनको पहिचान बनिसकेको छ । समाजमा गीतमार्फत् व्यंग्यात्मकता पस्कनु वा सन्देश दिनु भनेको समाज परिवर्तनको लागि पहल गर्नु पनि हो, गायक पौडेल भन्छन्– ‘मैले गाउने गीतले मनोरञ्जन मात्र होइन, मनोरञ्जनको माध्यमले सन्देश प्रवाह गर्न सकोस् भन्ने सोचले सिर्जना गर्छु ।’ समाज बदल्नका लागि कलाकारको सबैभन्दा बढी महत्व हुन्छ । त्यसैले पनि कलाकार सधैं जनताको गीत गाउने काममा लाग्नुपर्छ, गायक पौडेलले भने ।
गायक पौडेलले गीत गाएर धेरै अवार्ड, सम्मान र पुरस्कार चुमिसकेका छन् । उनले पाएको ३० हजार राशिको नूरगंगा प्रतिभा पुरस्कार, म्यूजिक खबर युवा प्रतिभा सम्मान हुन् भने अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकसँग आबद्ध वेद युवा समूहले नागरिक अभिनन्दनसमेत गरेको छ । त्यसैगरी सगरमाथा म्यूजिक अवार्ड, हिमालयन म्यूजिक अवार्ड (तीन पटक), विन्ध्यवासिनी म्यूजिक अवार्डमा उत्कृष्ट गायकको अवार्ड चुमिसकेका छन् । रेडियो मदनपोखरा पाल्पाबाट युबा सङ्गीत साधना सम्मान २०७५ पाएका छन् । त्यस्तै दर्जनौं संघसंस्थाबाट कदर पत्र प्राप्त गरिसकेका छन् । नवीन पौडेल गायनसँगसँगै सामाजिक क्षेत्रमा पनि क्रियशील रहँदै आएका छन् । गीतसंगीतका विभिन्न संघसंस्थामा रहेर स्रष्टाको हक अधिकारका लागि लड्दै आएका पनि छन् । गायक पौडेलले प्रस्तोता समाज नेपालमा दुई कार्यकाल कार्यकारी सदस्य भएर काम गरिसकेका छन् भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा केन्द्रीय सदस्य भएर कलाकारको अधिकारका लागि लडेका छन् । लोकसंगीत उत्थान संघको उपाध्यक्ष र अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपालको उपाध्यक्ष दुई कार्यकाल रहिसकेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ओखलढुंगा जिल्ला शाखा र पाल्पा कलाकार मञ्चको सल्लाहकार भएर समाजिक कार्य गर्दै आएका छन् । त्यस्तै लायन्स क्लब अफ भिक्टोरी सामाखुशीको उपाध्यक्ष भएर समाजसेवामा पनि निरन्तर खटिरहेका छन् । मुलुकभित्र हुने विभिन्न रियालिटी शो, अवार्ड, प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका गायक पौडेल आफ्नो जीवन नै गीतसंगीत क्षेत्रका लागि समर्पण गरेको बताउँछन् ।
ताजा
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबार
के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?
२०८३ असार ५ गते, शुक्रबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





