फेरि पनि दृष्टिविहीन ७० जनालाई राहत बाँडे समाजसेवी कुँवरले

२०७७ मंसिर १५ गते, सोमबार

रोशन ज्ञवाली
काठमाडौं । चक्रपथ सरसफाई अभियानका प्रमुख अभियन्ता ताराबहादुर कुँवरले फेरि पनि ७० जना दृष्टिविहीनलाई राहत बाँडेका छन् ।
२७ औं चरणको अभियान अन्तर्गत उनले हालै कीर्तिपुरको हनुमानघाटमा राहत स्वरुप चामल, दाल ,चिनी, तेललगायतका सामग्री बाँडेका हुन् । उनले यसअघि बौद्धको हायत होटल अगाडि एक सय जना दृष्टिविहीनलाई राहत बाँडेका थिए । यसपालिको राहत वितरणसँगै उनले दृष्टिविहीनलाई खादा ओढाएर सम्मान समेत गरेका थिए । कुँवरले लकडाउन सुरु भएदेखि नै राहत बाँड्दै आएका छन् । उनले अहिलेसम्म आइपुग्दा समाजसेवा गर्न चाहने सबैले एक न एक स्वार्थ राखेका हुन्छन् । बाहिर सेवाको भाव देखाए पनि त्यसैलाई देखाएर समाजमा गलत नियत राख्ने पनि मान्छे पाइन्छन् । यस्तै परिवेशमा आफ्नो छुट्टै पहिचान बनाएका छन् बाफल काठमाडौंका समाजसेवी ताराबहादुर कुँवरले ।
चक्रपथ सरसफाई अभियानका प्रमुख अभियन्ता समेत रहेका कुँवरले कोरोना भाइरसका कारण भएको लकडाउनदेखि नै राहत बाँडिरहे । उनले बीचमा केही समय स्थगित गरेको भने पनि दुःखी पीडितहरुको आवाज सुनेपछि फेरि निरन्तरता दिए । उनी समाजसेवा गर्न पाए खुशी हुने बताउँछन् । ‘आफ्नो तर्फबाट सक्दो सहयोग गर्छु, मलाई यसैमा रमाइलो लाग्छ’ उनले भने ‘आफूले गरेको राम्रो कामको चर्चा गर्न पनि मन लाग्छ, जोसुकैले जेसुकै भनुन् मतलव छैन ।’ फेसबुकमा राहत वितरणको तस्विर हालेपछि कहिलेकाँही आलोचना समेत सहेका उनले अरुलाई पनि यस्तै काम गर्न र फेसबुकभरी तस्विर हाल्नसमेत आग्रह गरेका छन् । उनले यसपालिको कार्यक्रम हजुरलाई नमस्ते फाउण्डेशनबाट गरेका हुन्, उनी नै यसको अध्यक्ष हुन् । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष उनी हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक हुन् ।
उनी जहिले पनि समाजसेवामा लागिरहेका छन् । उनले आफ्नो तर्फबाट मात्र होइन अरुसँग पनि सहकार्य गरेर राहत बाँडिरहेका छन् । कुँवरको सक्रियताले अरुलाई पनि राहत वितरणमा उत्साहित पनि बनाएको छ । उनले केही दिनअघि २६ औं चरणको राहत वितरण गरेका छन् । उनले पछिल्लो समयमा बौद्धको हायत होटल अगाडि एक सय जना दृष्टिविहीनलाई राहत वितरण गरेको जनाएका छन् । पूर्व प्रधान सेनापति रुक्मांगत कटवालको प्रमुख आतिथ्यतामा राहत वितरण गरिएको हो । राहत स्वरुप चामल, दाल, चिनी, आलुलगायतका सामग्री वितरण गर्दै आएका छन् । उनले पछिल्लो समयमा दृष्टिविहीनहरुमा ठूलो समस्या भएकाले राहत वितरण गर्नुपरेको बताए । उनले २६ औं चरणमा गरी १६ सय ५० जनालाई राहत उपलव्ध गराइसकेका छन् ।
लकडाउनमा उपत्यकामा रगतको अभाव हुन थालेपछि उनकै सक्रियतामा विभिन्न संघसंस्थाको सहयोगमा पाँच पटक रक्तदानको आयोजना पनि गरे, जसमा १ सय ६३ पाउण्ड रगत संकलन भएको थियो । अहिलेको कार्यक्रम हजुरलाई नमस्ते फाउण्डेसनले आयोजना गरेको हो, कुँवर नै फाउण्डेसनको अध्यक्ष हुन् । ‘अरु धेरै मानिस कोरोनाको डरले घरमै बसे तर मैले भनें सबैलाई सकेको सहयोग गरें, सेवा गर्न पाएकामा आत्मसन्तुष्टि मिलेको छ’ उनले भने ‘मैले लकडाउन र नाकाबन्दीमा घर भाडामा पनि छुट दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु ।’

317 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal