दुर्व्यवहारको डरले लुक्न बाध्य संक्रमित
काठमाडौं । पोखरामा परिवारसहित डेरा गरी बस्ने एक युवक कोरोना भाइरस संक्रमण नहोस् भनेर निकै सजग थिए। जति सजगता अपनाए पनि उनलाई कात्तिक अन्तिम साता संक्रमण भइछाड्यो। लक्षण देखिएलगत्तै उनी डेरा छाडेर होटलको आइसोलेसन बसे। संक्रमणले गलाएपछि अस्पताल जानुप९यो। आठ दिनपछि डिस्चार्ज भए पनि उनी डेरा जान सकेनन्। कारण, घरबेटी र छिमेकीको डर। अहिले उनी होटलमै स्वास्थ्य लाभ गरिरहेका छन्।
रोगले च्यापेर कमजोर बनेका उनलाई परिवारको रेखदेखको खाँचो थियो तर घरबेटीदेखि डराउँदा उनले एक्लिएरै बस्नुप९यो। चिकित्सकले नेगेटिभ रिपोर्ट आइनसके पनि संक्रमण अवधि लामो भइसकेकाले अरूलाई सर्दैन भनेर सुझाउँदा समेत उनी डेरा फर्कन सकेनन्। घरबेटीले थाहा पाइहाले तुरुन्तै झिटीगुन्टा बोकेर हिँड्न बाध्य हुनुपर्ने भन्ने त्रास उनमा छ। एकातिर रोगको र अर्कोतिर घरबेटीको डर, त्यसमाथि परिवारलाई केही हुने हो कि भन्ने अर्को पिरलोले बढी नै तनाव हुने गरेको ती युवकले बताए।
‘घरबेटीलाई थाहै नदिई म होटलमा आएर बसें। संक्रमणले च्यापेर आठ दिन अस्पताल बसेर पनि डिस्चार्जपछि डेरा जाने आँट आएको छैन,’ उनले भने। उनको परिवारमा पत्नी, छोरा र छोरी छन् र उनीहरू कसैमा संक्रमण छैन। ‘व्यक्तिगत कामले बाहिर गएको भनेर घरबेटीलाई ढाँटिएको छ,’ उनले भने, ‘कोरोना लुकाउनुहुँदैन भनेर सबैलाई भनिहिँड्ने म आफैंले त्यसलाई लुकाउनुपरेको छ।’ उनले थपे, ‘संक्रमितले घरबेटी, छिमेकी, आफन्तबाट दुव्र्यवहार खेप्नुपरेको घटना हामीले सुनिरहेका छौं। त्यो त्रास मलाई पनि आइप९यो। त्यसैले म खुल्न सकिनँ।’
नदीपुरका सञ्जय मल्ल पत्नीलाई संक्रमण भएपछि आफ्नो परीक्षण गराउन प्रयोगशाला गए। प्रयोगशालामा रिपोर्ट लिन गएको बेला संयोगवश एक व्यक्तिसँग मल्लको भेट भयो। मास्क लगाएकाले मल्लले ती व्यक्ति को हुन् भनेर ठम्याउन सकेनन तर ती व्यक्तिले मल्लसँग चिनजान भएकाले प्रयोगशाला आउनुको कारण सोधे। मल्लले पिसिआरको रिपोर्ट लिन आएको बताए। ‘श्रीमतीको रिपोर्ट पोजेटिभ थियो। मेरो नेगेटिभ आयो भनेपछि ती व्यक्ति हत्तारिँदै टाढिए,’ मल्लले भने, ‘म त संक्रमित थिइनँ तर उनले मलाई नै संक्रमित ठाने र तत्कार भागे। अघि नै भन्नुपर्दैनथ्यो भन्दै गुनासो पनि गरे।’ यो समाचार आजको नागरिक दैनिकमा सन्तोष पोखरेलले लेखेका छन् ।
ताजा
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबार
‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा
२०८३ असार ३ गते, बुधबार
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता
२०८३ असार ३ गते, बुधबार
पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको
२०८३ असार ३ गते, बुधबार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





