पुस १६ गतेदेखि सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने

२०८० पुष ९ गते, सोमबार

काठमाण्डौ । पुस १६ गते सोमवारदेखि सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि एक सय दिन दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको हो ।

सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एकरदुई तथा स्लोप क्षेत्रको काम गर्दा बाटो साँघुरो हुने भएका कारण राजमार्गको सिद्धबाबा खण्ड बन्द गर्न लागिएको हो ।

सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ । एम्बुलेन्सलगायत अत्यावश्यक गाडीलाई भने रोक लगाइने छैन। सुरुङ निर्माण थालेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कर्पोरेसनले सुरुङ निर्माणका क्रममा यातायात सञ्चालन हुँदा जोखिम हुने भएकाले सडक बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले सडक बन्द हुने विषयको सूचना प्रभावकारी रुपमा सम्प्रेषण गरी सम्बन्धित नियामक निकाय, समन्वय गर्ने निकाय, यातायात सेवा कम्पनी, राजमार्ग प्रयोगकर्तालाई जानकारी गराइने निर्णय गरेको छ ।

134 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal