बैदेशिक रोजगारीका लागि मंसिर महिनामा मात्र ७१ हजारभन्दा बढी नेपाली बिदेसिए

२०८० पुष ३ गते, मंगलवार

काठमाडौँ । मंसिर महिनामा ७१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुनः श्रम स्वीकृतिसहित ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ३६ हजार ८० जनाले पहिलो पटक श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । मंसिर महिनामा संसारका १०८ देशमा वैदेशिक रोजगारीका लागि जान भन्दै नेपालीहरूले श्रम स्वीकृति लिएका छन् ।

त्यसरी बाहिरिनेमा ६४ हजार ३४२ जना पुरुष र ६ हजार ९३४ जना महिला रहेका छन् । श्रम स्वीकृति लिनेमा पनि ३१ हजार ४९६ जना पुरुष र ४ हजार ५८४ जना महिला रहेका छन् ।

मंसिर महिनामा व्यक्तिगत श्रम स्वीकृतिमार्फत ७ हजार ९९७ जना बिदेसिएका छन् । मेनपावर तथा एजेन्सीमार्फत २६ हजार ३७५ जना बाहिरिएका छन् । ७३५ मेनपावर कम्पनीमार्फत उनीहरू बाहिरिएका हुन् । त्यस्तै मंसिर महिनामा सरकारले नै १ हजार ७०८ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ । जसमा सबै जना दक्षिण कोरिया गएका छन् । व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिनेहरूको संख्या ३५ हजार १९६ रहेको छ ।

वैदेशिक रोजगारीमा जाने सबैभन्दा बढी धनुषा जिल्लाका रहेका छन् । जहाँबाट मंसिर महिना मात्रै पुनः श्रम स्वीकृतिसहित ३ हजार ६२१ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै दोस्रोमा झापा रहेको छ । झापाबाट ३ हजार ३९७ जनाले पुनः श्रम स्वीकृतिसहित श्रम स्वीकृति लिएका छन् । त्यस्तै मोरङ, सिराह, रूपन्देही, महोत्तरी लगायतका जिल्लाबाट बढी गएको विभागको तथ्यांकले देखाएको छ ।

152 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal