शिक्षाले मात्रै मानिसलाई न्यायको पक्षमा उभिन सक्ने बनाउँछः सांसद एकनाथ ढकाल

२०८० मंसिर २७ गते, बुधबार

काठमाडौ । गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका वडा नं ८ महादेबटारमा रहेको जिल्लाकै पुरानो बिद्यालय श्री जागेश्वर उच्च माध्यमिक बिद्यायको ४८ औं अभिभावक दिवस तथा बार्षिक उत्सब कार्यक्रम गरिएको छ । मङ्गलबार संधिय सांसद तथा पूर्व मन्त्री एकनाथ ढकालले पानसमा दिप प्रज्वलन गरेर बिधालयको बार्षिक उत्सवको उद्घाटन गरे ।
बार्षिक उत्वसमा बोल्दै संघिय सांसद एकनाथ ढकालले संसदमा बिचाराधिन अवस्थामा रहेको शिक्षा बिधेयकलाई तत्काल पारित गर्न पहल गर्ने बताए । उनले बिद्यालयलाई राजनीतिक मुत्त र प्रबधिमत्री बनाउने तर्फ लाग्नुपर्नेमा जोड दिदै आर्थिक अनिमियतिता, नैतिक बिचलनबाट टाढा राख्ने र बालमैत्री शिक्षा दिनुपर्ने बताए ।

सोही बिद्यालयका पूर्व बिधार्थी समेत रहेका सांसद ढकालले शिक्षाले मात्रै मानिसलाई न्यायको पक्षमा उभिन सक्ने बनाउने बताउँदै बिद्यालयले धोकन्ते बिद्या हैन ब्यबहारिक शिक्षा दिनु पर्ने बताए । उनले बिद्यालयले बिद्याथीहरुलाई घरमा नपाएको माया दिन सक्नु पर्नेमा जोड दिदै जीवनमा उच्च लक्ष्य र इमान्दार भएर अगाढि बढ्नु पर्ने बताए । उनले दुःख बिना सफलता आउँदैन भन्दै बिधालयलाई आवश्यक परेको बेला जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए । पूर्वमन्त्री समेत रहेका ढकालले बिद्यालयले शैक्षिक गुणस्तर सुधार हुँदै गएको र अझै धेरै मिहेनत गरि २१ औं सताब्दी सुहाउदो अनुसन्धान मुलक शिक्षामा जोड दिने बताए । बिद्यालयको शैक्षिक तथा भौतिक उन्नतिकालागि अभिभावकहरुको भुमिका महत्त्वपूर्ण हुने बताए ।

सांसद ढकालले शिक्षा मानिसको तेश्रो आँखा भएको बताउँदै शिक्षा विना जिवन अन्धकार हुने भएकोले अवको शिक्षाले देश र जनता प्रति उत्तरदायी हुने नागरिक तयार गर्नु पर्नेमा जोड दिए । मौजुदा शिक्षा प्रणालीले उत्पादनसंग नजोड्न नसकेपनि प्राप्त श्रोत श्रोत साधनको उपयोग बिधार्थीलाई अनुशासति, व्यबहारिक र लगनशिल बन्नमा उत्प्रेरित गर्नु पर्ने बताए ।

कार्यक्रममा भिमसेन थापा गाउँपालिकाका उपाध्यक्ष अमृतादेबवी अवस्थीले बिद्यालयलाई नुमना बिद्यालयको रुपमा अगाडी बढाउन शैक्षिक, भौतिक तथा सामाजिक रुपले व्यवस्थित र विश्वसनियताको आधार निर्माण गर्नु पर्नेमा जोड दिईन् । उनले अभिभावक शिक्षा अव बिद्यालयले हैन गाउँपालिकाले दिने बताउँदै बिद्यालयको भौतिक पक्षलाईमात्र ध्यान दिंदा बिद्यालयमा बिधार्थीहरुलाई दिइने शैक्षिक कृयाकलालाई पनि बढी महत्व दिनु पर्ने बताईन् ।
शिक्षा बिकास इकाई गोरखाका प्रमुख सुबास आचार्यले बिद्यालयमा पढ्ने र पढाउने भन्दा पनि शिक्षकले किन र केका लागि कस्तो शिक्षा दिने भन्ने कुरा प्रष्ट हुनुपर्ने बताउदै बिधार्थीहरुले पनि मैले किन र के पढ्ने भन्नेबारे प्रष्ट हुन आवस्यक रहेको बताउनु बताए । उनले भने बिधार्थीहरुमा पढेर देशमै केही गर्छु र आफै स्वरोजगार बन्छु भन्ने भावनाको बिकास गर्न अभिभावक, शिक्षक र समुदायले फरक वातावरण श्रृजना गर्नु पर्ने बताए ।

बिद्यालयका प्रधानाध्यापक यदुनाथ सापकोटाले बिद्यालयको बार्षिक तथा शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा गाउँपालिका स्तरिय मा।बि बिद्यालयहरुको लोक नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । १० बिद्यालयको सहभागित रहेको लोक नृत्य प्रतियोगितामा श्री जागेश्वर उच्च।मा।बि प्रथम, नव जागृती चण्डी मा।बि दोस्रो तथा प्रभात मा।बि तेस्रो भएका थिए । उनिहरुलाई संधिय सासद ढकालले मेडल तथा प्रमाणपत्र प्रदान गरे । भने प्रथम हुने टिमलाई सांसद ढकालले पाँच हजार नगद पुरस्कार समेत प्रदान गरे ।
दूई दिन सम्म चेलेको बार्षिक उत्सवमा गाउँपाकिलाका बिभिन्न संघ संस्था , बडा अध्यक्षहरु , सामुदायिक क्लब लगायतको उपस्थीति रहेको थियो । बिद्यालयले वर्षभरि सञ्चालन गरिएको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको छ । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष ऋषि भट्टको सभापतित्वमा कार्यक्रम भएको थियो । २०३२ सालमा स्थापना भएको बिद्यालयमा हाल २४१ बिधार्थी अध्यनरत छन् । बिद्यालयको भौतिक संरचना निर्माणमा सांसद ढकालको उल्लेखनिय योगदान छ ढकालकै संक्रियतामा टहरा मुनि पठन पाठन हुने आएकोमा भुकम्प प्रतिरोधी ८ कोठे दूई तले भवन निर्माण भएको छ ।

121 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !

२०८३ जेष्ठ १९ गते, मंगलवार

‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा

२०८३ जेष्ठ १९ गते, मंगलवार

चलचित्र ‘सिन्दुरे जात्रा’ र अभिनेता विजय बराल

२०८३ जेष्ठ १९ गते, मंगलवार

विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’

२०८३ जेष्ठ १९ गते, मंगलवार

अनुसन्धानको घेरामा रहँदै आएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह पक्राउ

२०८३ जेष्ठ १९ गते, मंगलवार

नारायणहिटी हत्याकाण्डको २५ वर्ष

२०८३ जेष्ठ १९ गते, मंगलवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal