एसीसी यू–१९ एसिया कपः आज भारतलाई चुनौती दिँदै नेपाल

२०८० मंसिर २६ गते, मंगलवार

काठमाडौँ । एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मङ्गलवार नेपालले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । खेल युएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा नेपाली समयअनुसार, बिहान ११ः१५ बजे सुरु हुनेछ ।

नेपाली टोली आफ्नो पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपाललाई अफगानिस्तानले ७३ रनले हराएको थियो । लगातार दुई खेलमा जित हात पार्दै चार अङ्क जोडेको पाकिस्तान लगभग प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ ।

समूह ‘ए’ मा रहेका चारवटै टोलीले दुई—दुई खेलिसक्दा पाकिस्तान चार अङ्कसहित पहिलो, भारत दुई अङ्कसहित दोस्रो, अफगानिस्तान दुई अङ्कसहित तेस्रो र नेपाल शून्य अङ्कसहित चौथो स्थानमा छन् ।

प्रतियोगिताको सेमिफाइनलमा पुग्न नेपालले भारतलाई निकै ठुलोअन्तरले हराउनु पर्ने हुन्छ । त्यसपछि अर्को खेलमा पाकिस्तानले अफगानिस्तानलाई ठुलोअन्तरले पराजित गर्नुपर्ने हुन्छ । मङ्गलवारको खेलसँगै समूह ‘ए’ बाट सेमिफाइनलमा पुग्ने दुवै टोलीको टुङ्गो लाग्नेछ ।

135 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal