अबको चुनाव कांग्रेस एक्लै लड्छः गगन थापा

२०८० मंसिर १६ गते, शनिबार

बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आउने चुवान एक्लै लड्नु पर्ने बताएका छन् । आज बुटवल सुरु भएको पार्टीको लुम्बिनी प्रदेश भेलाको उद्घाटन सत्रमा बोल्दै थापाले आगामी चुनावमा हारे पनि एक्लै लड्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘हामीले आगामी २०८४ को चुनावमा एक्लै लड्नुपर्छ, गठबन्धन गरेर होइन । हामीले हारे पनि एक्लै चुनाव लड्नुपर्छ, किन गठबन्धन गर्ने ?सधैँ सोफामा बस्नु पर्ने हो र ? केही समय चकटीमा बसे पनि केही हुँदैन ।’

उनले निर्वाचनमा समानुपातिक कोटाको दुरुपयोग भएको भन्दै त्यसलाई रोक्नु पर्ने बताए । उनले समानुपातिक पद्धतिमा आफन्त र आफू निकट राख्दा समस्या आएको बताए । उनले भने, ‘समानुपातिकमा कोही दाजु,कोही भाउजू भन्दा इमानदार नेता पछाडि परेका छन् ।’

उनले त्यो परिवर्तन गर्नु लागि पार्टी भित्र उम्मेदवार छनौट प्रक्रिया बदल्नु पर्ने बताए । उनले नेपाली कांग्रेस भित्र इमानदार, सामाजिक व्यक्तिहरू धेरै रहे पनि त्यसलाई प्रयोग गरेर निर्वाचन जान नसकिएको स्वीकार गरे । उनले भने, ‘पार्टीभित्र गाउँ, सहर जहाँ पनि राम्रा कार्यकर्ता छन् । ती हाम्रा पुँजीलाई पार्टीले प्रयोग गर्न सकेन । त्यो पुँजीलाई पार्टीले प्रयोग गर्नुपर्छ ।’

127 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal