सर्वाधिक कर तिर्ने १६ करदाता सम्मानित

२०८० मंसिर ७ गते, बिहीबार

काठमाडौं । सरकारले कर दिवसको अवसर पारेर राज्यलाई सबैभन्दा धेरै कर तिर्ने कम्पनी र व्यक्तिलाई सम्मान गरेको छ ।

व्यवसाय सञ्चालन गरेबापत राज्यलाई धेरै कर तिर्ने विभिन्न कम्पनी र व्यक्तिलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको हो । देशमा व्यवसाय सञ्चालन गरेबापत राज्यलाई कर तिर्न प्रोत्साहन गर्ने लक्ष्यसहित करदातालाई सम्मानित गरिन्छ । आज कर दिवसका अवसरमा आयोजित कार्यक्रममा विभिन्न करदाता कम्पनी र व्यक्तिलाई १६ विधामा सम्मान दिइएको छ ।

विभागका अनुसार व्यक्तिगत तर्फ सबैभन्दा धेरै कर तिर्नेको सूचीमा विजयबहादुर शाह छन् । उनी यही विधामा सम्मानित समेत भए । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका सञ्चालक शाह हिमालयन डिष्टिलरीका अध्यक्ष समेत हुन् । यसबाहेक उनको लगानीमा एसियन डिस्टिलरी, विजय डिस्टिलरी, रोलिङ रिभर डिस्टिलरी लगायतका कम्पनी छन् । यस्तै, राज ब्रुअरी, जेजीआई डिस्ट्रिब्युसन, फुड एन्ड बेभरेज लगायतका कम्पनी छन् ।

राज्यलाई सबैभन्दा धेरै व्यक्तिगत आयकर बुझाएकाले उनलाई सरकारले सम्मान गरेको हो । उनलाई अर्थमन्त्री डा। प्रकाशशरण महतले सम्मानित गरे । यस्तै, सूर्य नेपालले भने दुई विधामा सम्मान पाएको छ । सूर्य नेपालले लगातार ५ वर्षदेखि सबैभन्दा धेरै कर तिर्ने कम्पनी र सबैभन्दा धेरै आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क तिर्ने कम्पनीका रुपमा सम्मानित भएको हो ।

यस्तै, संस्थागततर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा नेपाल दूरसञ्चार प्राधिकरण सम्मानित भएको छ । धेरै निर्यात गर्ने विधामा डाबर नेपाल, विशेष उद्योगतर्फ एसियन पेन्ट्स सम्मानित भएको छ । यसबाहेक, कृषितर्फ ओबीसी फिड एन्ड फिड्स सम्मानित भएको छ ।

बैङ्कतर्फ सबैभन्दा धेरै कर तिर्ने ग्लोबल आईएमई बैंक सम्मानित भएको छ । यस्तै, छिमेक लघुवित्त, नोबेल मेडिकल कलेज र एलआईसी नेपालले समेत आ–आफ्नो क्षेत्रमा सबैभन्दा धेरै कर बुझाएर सम्मानित भएका छन् । यस्तै, मनकामना केबलकार, भाटभटेनी सुपर मार्केट समेत सम्मानित भएका छन् ।

सबैभन्दा धेरै रेमिटेन्स भित्र्याएर कर तिर्ने कम्पनीको सूचीमा आईएमई रेमिट पर्दा ऊर्जामा भोटेकोसी जलविद्युत आयोजना सम्मानित भयो । यस्तै, नेपाल स्टक एक्सचेन्जले मध्यम स्तरीय करदातामध्ये सबैभन्दा धेरै कर बुझाएको सम्मान पायो ।

136 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal