१० क्विन्टल चिनी काभ्रेबाट बरामद

२०८० कार्तिक १७ गते, शुक्रबार

काभ्रे । करिब १० क्विन्टल चिनी प्रहरीले बरामद गरेको छ । बीपी राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङमा प्रहरी र ट्राफिकले सवारी जाँच गर्ने क्रममा अवैध रुपमा ल्याइएको १० क्विन्टल चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पूर्वका विभिन्न जिल्लाबाट बीपी राजमार्ग भई काठमाडौं भित्रिने सवारी जाँच गर्दा बोरामा सानो पोको बनाइ लुकाइछिपाइ अवैध रुपमा ल्याइएको ३३ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बीपी राजमार्गमा चल्ने सवारी साधनमा अवैध रुपमा चिनीको ओसारपसार भइरहेको सूचना प्राप्त हुनासाथ प्रहरी र ट्राफिकले सवारी जाँचलाई कडा पारिएको थियो ।

बिहीबार बिहान १० देखि बेलुकी साढे ४ बजेसम्म गरिएको जाँचमा विभिन्न स्थानबाट ल्याइएको १० क्विन्टल चिनी बरामद गरिएको डीएसपी श्रेष्ठले बताए ।

बरामद गरिएको चिनी आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

148 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal