सडकमा २ हजार स्मार्ट बत्ती जडान गर्दै कामपा

२०८० कार्तिक १४ गते, मंगलवार

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका पुरानो पोलका सबै बत्ती हटाएर २ हजार ८५ वटा स्मार्ट बत्ती जडान शुरू गरेको छ । हाल कामपाभित्रका अधिकांश पोलका बत्ती बल्दैनन् ।

कामपा शहरी पूर्वाधार विकास विभागका निर्देशक रामबहादुर थापाले वडा कार्यालय, निजी साझेदारी कार्यक्रम र अन्य निजी क्षेत्रले जडान गरेका सबै बत्ती हटाएर नेपाल विद्युत् प्राधिकणको सहकार्यमा स्मार्ट बत्ती जडान शुरू गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘हाल भइरहेका पोलमा नयाँ बत्ती जडान गर्नेछांैं, पोल नभएका स्थानमा नयाँ पोल राखेर स्मार्ट बत्ती बाल्नेछौं ।
आगामी माघसम्ममा सबै स्थानमा झिलिमिली हुने आशा गरेका छौं ।’

कामपाले पोल आवश्यक पर्ने स्थानमा नयाँ पोल राख्न शुरू गर्दै करिब ३ सय पोल थप्ने तयारी थालेको छ । तर, प्राधिकरणको ढिलाइका कारण बत्ती जडानमा समस्या भइरहेको टिप्पणी गर्दै निर्देशक थापाले भन्नुभयो–‘तैपनि माघ महिनाभित्र नयाँ २ हजार ८५ वटा स्मार्ट बत्ती जडान गर्नेगरी काम भइरहेको छ ।

कामपाको बजेटमा घोषणा भएअनुसार १२ करोड रुपियाँको लगातमा स्मार्ट बत्ती जडान गर्न लागिएको हो ।’ उहाँले सेन्सर जडित स्मार्ट बत्तीले सडक बत्तीको गुणस्तर तथा सडकको सौन्दर्यलाई एक रूपता कायम गर्न सहयोग पुग्ने बताउनुभयो । यसका लागि कामपाले ६० र प्राधिकरणले ४० प्रतिशत रकम व्यहोर्ने गरी कामपा, प्राधिकरण र सडक विभागबीच २०७७ साल मंसिर २५ गते सम्झौता भएको थियो ।

प्राधिकरणले सिनामङ्गल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकी, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान गर्न शुरू गरेको कामपाको भनाइ छ ।

131 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal