बझाङमा बिहानैदेखि चार रेक्टर माथिका चार पराकम्पन
बझाङ । बझाङमा हिजो दिउँसोदेखि गएको भूकम्पको पराकम्पन आउने क्रम जारी रहेको छ । हिजो दिउँसो २ः४० बजे पहिलो भूकम्पको धक्का महसुस गरिएकामा साँझ ५ः३८ बजेसम्म सात वटा चार रेक्टर स्केलमाथिका धक्का आइसकेका थिए ।
आज पनि राति १२ः१६ बजेदेखि चार वटा पराकम्पन आइसकेका छन् । १२ः१६ मा ४।१ रेक्टर स्केलको, १२ः५० मा ४।३ रेक्टर स्केलको, ४ः२७ बजे ४।३ रेक्टर स्केलको र ५ः४३ बजे ४।३ रेक्टर स्केलको पराकम्पन आएको हो ।
४ रेक्टर स्केलभन्दा मुनिका थुप्रै पराकम्पन आएको पनि राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पपछिको राहत तथा उद्धारमा कठिनाइ भएको छ । वर्षाका कारण सडकसमेत अवरुद्ध भएको छ । यो भूकम्पले सुदूरपश्चिमका अन्य जिल्लाहरुमासमेत क्षति गरेको छ । एक महिला बेपत्ता छिन् भने थुप्रै घाइते भएका छन् । घरहरु भत्केका छन् । सयौँ घरहरु चर्केका छन् ।
रातभर लगातार भूकम्पका धक्का गएपछि सर्वसाधारण घरभित्र बस्न सकेका छैनन् । अस्पतालमा भर्ना भएका बिरामी र आफन्तसँगै स्वास्थ्यकर्मीसमेत बाहिर खुला चौरमा बस्नु परेको छ ।
यो भूकम्पको धक्का भारतको उत्तरप्रदेशसँगै नयाँदिल्लीमासमेत महसुस गरिएको थियो ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





