बझाङमा बिहानैदेखि चार रेक्टर माथिका चार पराकम्पन

२०८० आश्विन १७ गते, बुधबार

बझाङ । बझाङमा हिजो दिउँसोदेखि गएको भूकम्पको पराकम्पन आउने क्रम जारी रहेको छ । हिजो दिउँसो २ः४० बजे पहिलो भूकम्पको धक्का महसुस गरिएकामा साँझ ५ः३८ बजेसम्म सात वटा चार रेक्टर स्केलमाथिका धक्का आइसकेका थिए ।

आज पनि राति १२ः१६ बजेदेखि चार वटा पराकम्पन आइसकेका छन् । १२ः१६ मा ४।१ रेक्टर स्केलको, १२ः५० मा ४।३ रेक्टर स्केलको, ४ः२७ बजे ४।३ रेक्टर स्केलको र ५ः४३ बजे ४।३ रेक्टर स्केलको पराकम्पन आएको हो ।

४ रेक्टर स्केलभन्दा मुनिका थुप्रै पराकम्पन आएको पनि राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पपछिको राहत तथा उद्धारमा कठिनाइ भएको छ । वर्षाका कारण सडकसमेत अवरुद्ध भएको छ । यो भूकम्पले सुदूरपश्चिमका अन्य जिल्लाहरुमासमेत क्षति गरेको छ । एक महिला बेपत्ता छिन् भने थुप्रै घाइते भएका छन् । घरहरु भत्केका छन् । सयौँ घरहरु चर्केका छन् ।

रातभर लगातार भूकम्पका धक्का गएपछि सर्वसाधारण घरभित्र बस्न सकेका छैनन् । अस्पतालमा भर्ना भएका बिरामी र आफन्तसँगै स्वास्थ्यकर्मीसमेत बाहिर खुला चौरमा बस्नु परेको छ ।
यो भूकम्पको धक्का भारतको उत्तरप्रदेशसँगै नयाँदिल्लीमासमेत महसुस गरिएको थियो ।

134 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !

२०८३ जेष्ठ १९ गते, मंगलवार

‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा

२०८३ जेष्ठ १९ गते, मंगलवार

चलचित्र ‘सिन्दुरे जात्रा’ र अभिनेता विजय बराल

२०८३ जेष्ठ १९ गते, मंगलवार

विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’

२०८३ जेष्ठ १९ गते, मंगलवार

अनुसन्धानको घेरामा रहँदै आएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह पक्राउ

२०८३ जेष्ठ १९ गते, मंगलवार

नारायणहिटी हत्याकाण्डको २५ वर्ष

२०८३ जेष्ठ १९ गते, मंगलवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal