प्रेमीसँग मिलेर श्रीमानको हत्या, श्रीमती पक्राउ

२०८० आश्विन १५ गते, सोमबार

बारा । प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा बारा प्रहरीले मृतककी श्रीमतीलाई पक्राउ गरेको छ । बाराको पचरौता नगरपालिका ६ लक्ष्मीनियामा अजितकुमार सिंह असोज ९ गते बाराको पचरौता नगरपालिका वडा नम्बर ६ लक्ष्मीनियामा मृत भेटिएका थिए ।

हत्या आरोपमा उनकी श्रीमती भारत बिहारको मोतिहारी जिल्ला दर्पा थाना–१ सुक्लहिया बस्ने वर्ष २३ को सोनम सहनी सिंह पक्राउ परेकी हुन् । बाराको सिम्रौनगढबाट भारत भाग्दै गरेको अवस्थामा उनलाई सीमा क्षेत्रबाट पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ। सोनम र उनका प्रेमीले मिलेर असोज ९ गते अजितको लक्षिमनियीस्थित नेपाल–भारतको सीमानाका नजिकै गोली हानी हत्या भएको थियो ।

हत्यामा संलग्न रहेका सोनमका प्रेमी भारतको मोतिहारी जिल्ला दर्पा थाना–१ सुक्लहिया बस्ने २५ वर्षीय सुजित कुमार सिंह, त्यही ठाउँ निवासी २४ वर्षीय चञ्चल पाण्डे, २२ वर्षीय मनिष कुमार सहनी, २० वर्षीय कामेश्वर सहनी र २० वर्षीय रञ्जित मुखिया फरार रहेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए।

प्रहरीका अनुसार सोनमले सुजितसँग आफ्नो अवैध सम्बन्ध रहेको बयान दिएकी छन् । सुजित र अजित एउटै आपराधिक समूहका सदस्य रहेको र लुटपाटको सुन बिक्री गरेर आएको आठ लाख रुपैयाँ नगदको विषयलाई लिएर उनीहरूबीच विवाद चल्दै आएको थियो। सुजितको समूहले एक वर्ष अगाडि बारामा पनि एक जनाको हत्या गरेको खुलेको छ।

167 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

२०८३ भाद्र १० गते, बुधबार

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

२०८३ भाद्र १० गते, बुधबार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal