प्रेमीसँग मिलेर श्रीमानको हत्या, श्रीमती पक्राउ

२०८० आश्विन १५ गते, सोमबार

बारा । प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा बारा प्रहरीले मृतककी श्रीमतीलाई पक्राउ गरेको छ । बाराको पचरौता नगरपालिका ६ लक्ष्मीनियामा अजितकुमार सिंह असोज ९ गते बाराको पचरौता नगरपालिका वडा नम्बर ६ लक्ष्मीनियामा मृत भेटिएका थिए ।

हत्या आरोपमा उनकी श्रीमती भारत बिहारको मोतिहारी जिल्ला दर्पा थाना–१ सुक्लहिया बस्ने वर्ष २३ को सोनम सहनी सिंह पक्राउ परेकी हुन् । बाराको सिम्रौनगढबाट भारत भाग्दै गरेको अवस्थामा उनलाई सीमा क्षेत्रबाट पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ। सोनम र उनका प्रेमीले मिलेर असोज ९ गते अजितको लक्षिमनियीस्थित नेपाल–भारतको सीमानाका नजिकै गोली हानी हत्या भएको थियो ।

हत्यामा संलग्न रहेका सोनमका प्रेमी भारतको मोतिहारी जिल्ला दर्पा थाना–१ सुक्लहिया बस्ने २५ वर्षीय सुजित कुमार सिंह, त्यही ठाउँ निवासी २४ वर्षीय चञ्चल पाण्डे, २२ वर्षीय मनिष कुमार सहनी, २० वर्षीय कामेश्वर सहनी र २० वर्षीय रञ्जित मुखिया फरार रहेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए।

प्रहरीका अनुसार सोनमले सुजितसँग आफ्नो अवैध सम्बन्ध रहेको बयान दिएकी छन् । सुजित र अजित एउटै आपराधिक समूहका सदस्य रहेको र लुटपाटको सुन बिक्री गरेर आएको आठ लाख रुपैयाँ नगदको विषयलाई लिएर उनीहरूबीच विवाद चल्दै आएको थियो। सुजितको समूहले एक वर्ष अगाडि बारामा पनि एक जनाको हत्या गरेको खुलेको छ।

180 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal