कुशल मल्लको विश्व कीर्तिमानी शतक

२०८० आश्विन १० गते, बुधबार

काठमाडौं । कुशल मल्ल अन्तर्राष्ट्रिय क्रिकेटमा फास्टेड हन्ड्रेड बनाउने खेलाडी बनेका छन।

पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको मंगोलियाविरुद्ध मल्लले ३४ बलमा शतक बनाएका हुन्। उनले यसअघि डेभिड मिलरको ३५ बलको शतकको रेकर्ड तोडेका छन्। उनी १३५ रन बनाएर क्रिजमा छन्।

चीनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा टस हारेर नेपालले सुरुआती ब्याटिङ गरिरहेको छ।

तेस्रो नम्बर क्रिजमा आएका कुशलले ३४ बलमा शतक पूरा गरे। उनले ६ चौका र आठ छक्का प्रहार गरे। नेपालले १७ औं ओभरमा ओभरमा दुई विकेट गुमाएर २ सय ५८ रन बनाएर खेलिरहेको छ।

यसअघि कुशलले १९ बलमा अर्धसतक बनाएका थिए। कुशल मल्लले १९ बलमै अर्धसतक बनाउँदै ज्ञानेन्द्र मल्लको कीर्तिमान भंग गरेका छन्। ज्ञानेन्द्रले २० बलमा अर्धसतक बनाएका थिए।

कुशललाई क्रिजमा कप्तान रोहितकुमार पौडेलले ५० रन बनाएर साथ दिएका छन्। ​झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए। भुर्तेल १९ र शेख १६ रन बनाएर आउट भए।

यसअघि मंगोलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको थियो। मंगोलियाको अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु खेल हो।​ मंगोलियापछि नेपालले माल्दिभ्ससँग आइतबार खेल्नेछ।

180 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक १० गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal