संगीत सुख दुःखको सारथी हो

२०८० आश्विन ५ गते, शुक्रबार

सुमित्रा थिङ तामाङ
धादिङ जिल्लाको अँधेरी भन्ने ठाउँमा बुबा बम बहादुर तामाङ र आमा राम माया थोकर तामाङको कोखमा २०५२ साल मंसिर ६ गते जन्मेकी सुमित्रा थिङले औपचारिक शिक्षा १२ उत्तीर्ण गरेकी छिन् ।

सानै उमेरदेखि अग्रज दाइदीदीहरुको गीत गाउन सुन्न धेरै मन पराउने सुमित्राकि आमाले पनि गीतहरु बनपाखा र मेलापातमा गुनगुनाउनु हुन्थ्यो । आफ्नो आमा बाबाको माया र साथले गर्दा नै आफू यो ठाउँसम्म आउने प्रेरणा मिलेको बताउँछिन् सुमित्रा । सुमित्रा संगीतलाई गायन कला बादनकला र नृत्यको समिश्रण ठान्दछिन् । संगीत सुखदुःखको मुख्य सारथी हो र मानव जीवनमा कला र संस्कृति भनेको आधारभूत आवश्यकता भएको बताउने सुमित्रा “म त गाउँले मगरको छोरो“ मा आफ्नो स्वर दिएर सांगीतिक यात्राको थालनी गरेकी हुन् भने अभिनय तर्फ भने तीज गीत “ओई माइली ओई साहिली“ बाट सुरु गरेकी हुन् । “गीत संगीत क्षेत्रमा लागेर कमाउने आ – आफ्नै धारणा होला ,के कमाउने र कति कमाउने भन्ने कुरा फरक र महत्त्वूर्ण हुन्छ, कमाउने भन्ने बित्तिकै मान्छेहरूले पैसा, धन सम्पत्ति भन्ने बुझ्छन्, त्यो मात्रै नभएर मेरो बुझाईमा चाहिँ आफूलाई माया गर्ने आम दर्शक श्रोताको माया पनि सम्पत्ति नै हो ।“ बताउने सुमित्रा “प्रख्यात तथा पूर्ण रुपमा व्यावसायिक भएर चलेका कलाकारलाई त जीविका चलाउन गाह्रो नभएको किनकि जताततै माग उनीहरूकै हुन्छ, आउने श्रोताहरु पनि प्रशस्तै हुन्छन्, जस्तै स्टेज कार्यक्रम, युट्युब, अडियो प्लेट फर्म, अरूको गीत गाएर, आफ्ना सिर्जनाहरु बेचेर पनि राम्रो कमाउन सक्छन्, तर मध्यम वर्ग अनि नयाँहरुलाई चाहिँ त्यो समयसम्म पुग्न निकै संघर्ष गर्नुपर्छ, आफू कस्तो बन्ने भन्ने कुरा र सिर्जनात्मक पाटोले उसको लोकप्रियता र व्यक्तित्त्व विकासमा भरपर्छ, त्यसकारण गर्न सक्ने, गर्ने र क्षमतावान् कलाकारहरुका लागि राम्रो जीविकोपार्जन गर्न र जीवन चलाउन सजिलो छ ।“ भन्दै आजसम्म आफुले थाहा पाए अनुसार कलाकारिता क्षेत्रमा राज्यको निकायबाट कुनै प्रकारको सहयोग भएको नपाएको बताउँछिन् । बरु यस क्षेत्रबाट सामाजिक रुपान्तरण गर्न आफ्नो जीवन पूर्ण रुपमा समर्पित गर्नुभएका कलाकारहरुलाई यस क्षेत्रमै दीर्घकालीन रुपमा बाँच्न सक्ने एउटा बलियो आधार बनाउन आवश्यक रहेको र अनि मात्रै कलाकारले सांस्कृतिक पक्षबाट समाजलाई रुपान्तरण गर्न सक्छन् र उनीहरूको संरक्षण , सम्बर्द्धन र प्रवर्द्धन गर्नु राज्यको दायित्व भएको सुमित्राले बताईन । गायिका सुमित्रा थिङले सांगीतिक क्षेत्रमा लागेर अहिलेसम्म “चौतारीको बर“, “मत गाउँले मगरको छोरो“, “मलेखु माछा“, “सम्झना बिर्सना“, “खिस्स मुस्कान“, “पार्यौनी भुतुक्कै“, “भोलिका दिन“ र “देउन ओठमा चुम्मा“लगायतका दर्जनौं गीतमा स्वर दिईसकेकी छिन् ।

त्यसैगरी उनले अभिनय तर्फ “सम्झना बिर्सना“, “बेसीमा गौँ“, “दौतरी“, “ओई माइली ओई साँइली“, र “यो जुनेली रात“लगायतका गीतमा अभिनय गरिसकेकी छिन् । आउने दिनहरुमा अझै धेरै सिर्जनात्मक प्रस्तुतिबाट समाजलाई सकारात्मक संदेश प्रवाह गराउने खालका गीत संगीत गाएर वा सिर्जना गरेर नेपाली गीत संगीतको उत्थान विकासमा लाग्ने र अझै सफल र व्यावसायिक कलाकारको रूपमा स्थापित हुने लक्ष्य राखेकि सुमित्रा “हेरौं समय ले कहा सम्म पु¥याउँछ ?“ भन्दै आफ्नो भविष्य समयको पोल्टामा इंगित गर्छिन् । यस क्षेत्रमा आउन चाहने भावी नयाँ पुस्ताका लागि “भविष्य सोचेर अब यही क्षेत्रमा केही गर्छु बनाउँछु भनेर आउनु हुन्छ भने साधना गरेर संगीत विषयको धेरै कुराको ज्ञान लिएर बुझेर मात्र आउनु होला । व्यावसायीक रुपमा सफल हुनको लागि मेहनत धेरै चाहिन्छ ।

केही कुरा धेरै जानेर वा जान्दै नजानेर पनि आफैंलाई असर पारिरहेको हुन्छ, हुन त सबै व्यक्ति विशेषमा भर पर्छ, सबै मान्छेहरु आफ्नै प्रोफेशनबाट सफल हुन चाहन्छन् भने त्यो विषयमा पूर्ण रुपमा जानकार हुन र विज्ञता हासिल गर्न जरूरी हुन्छ । घरको जग बलियो भए मात्रै घर बलियो हुन्छ भने जस्तै औपचारिक रुपमा आफू परिपक्व र अब्बल भयो भने यसै क्षेत्रमा स्थापित भएर रहन सकिन्छ, त्यसैले आफूलाई निखार्न र सिंक्न मनग्य सुझाब दिन्छु ।“ भन्दै सुझाउछिन् गायिका सुमित्रा । (साभारः समय दृष्टि साप्ताहिक)

148 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक

२०८३ जेष्ठ २४ गते, आईतवार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal