दलाल पूँजीपतिद्वारा संक्रमित व्यवस्थापिका र कार्यपालिका
डा. भरत लामिछाने
अघिल्लो लेखमा न्याय क्षेत्रमा भएको विसंगतिका बारेमा केही उल्लेख भएको छ । यस लेखमा व्यवस्थापिका र कार्यपालिका माथि भएको संक्रमणका बारेमा चर्चा गर्नु उपयुक्त ठानिएको छ । जतिबेला नेपाली समाजमा राज्यव्यवस्थालाई सामन्तवादी चिन्तन द्वारा अभिप्रेरित वर्गले नेतृत्व गर्दथ्यो । त्यस बखत पनि दलाल पूँजीपति वर्गले आफ्नो अस्तित्व स्थापित गर्न धेरैतिरबाट प्रयासरत थियो ।यहाँनेर प्रश्न पनि उठ्न सक्छ, दलाल पूँजीपति वर्ग चाहिँ कुन हो ? यसको छोटोमा ऊत्तर दिन सकिन्छ कि, दलाल पूँजीपति वर्ग भन्नाले अर्थ राजनीतिमा श्रमिक वर्गको हितमा नभई निजीगत नाफाको चेतनामा चल्ने वर्ग हो। निजीगत नाफाको चेतना त्यस्तो चेतना हो, जसले व्यवहारको रुपमा विकसित मुद्रालाई मौद्रिक चेतनाको रुपमा हामी भित्र स्थापित गरिदिएको छ । त्यो चेतनाले राजनीतिक, धार्मिक, सामाजिक, आर्थिकलगायतका सम्पूर्ण नैतिकता माथि निर्णय गर्न पुग्दछ । ती सबै निर्णय त्यही वर्गको हितका खातिर मात्र हुने गर्दछ । यध्यपि राष्ट्रीय पुंजीपति वर्गलाई समेत यसले स्थापित हुन दिदैन । स्थापित भएका ऊध्योग व्यवसायहरूलाई पनि विस्थापित गर्ने अनेकौ प्रपंच रचना गर्दछ ।जस्तै रामशरण महतका पालामा विस्थापित हुन पुगेका हेटौडा कपडा ऊद्योग, बांसवारी छाला उद्योग,बिराटनगर जुट मिल , गोरखकाली रबर ऊद्योग, हिमाल सिमेन्ट ऊद्योग आदी लाई लिन सकिन्छ।यी र यस प्रकारका गतिविधिले दलाल पुंजीपति वर्ग द्वारा कमिसनतन्रलाई प्रश्रय दिई विश्व एकाधिकार पूँजीवादलाई स्थापित गर्ने राष्ट्रीय पूंजीपति वर्गलाई विस्थापित गर्ने प्रपंच मा रहेको स्पष्ट देखिन्छ ।त्यस माथि पनि हाम्रो जस्तो मुलुकको अर्थ व्यवस्था विदेशीहरूको भरबाट चल्दै आएको छ । वैदेशिक ऋण, अनेकौं बहानाको सहयोग उदाहरणको लागि एम.सी.सी. जस्ता अनेकौं सन्धि, सम्झौतालाई लिन सकिन्छ । यस्तो प्रकारका वैदेशिक पूँजीबाट जन्म लिएको दलाल पूँजीपति वर्गको स्वार्थ मुलुकको स्वार्थ, हित एवम् स्वाभिमान भन्दा माथि हुने गर्दछ । यो वर्गले धार्मिक, साँस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक रुपमा मात्र नभई जातीय, क्षेत्रीय, लैंगिक पहिचानको लागि लोकप्रिय नारा लगाउन पछि पर्दैन । धार्मिक सहिष्णुता, संस्कृतिको जगेर्ना, साँस्कृतिक रुपान्तरण, सामाजिक सद्भाव, आर्थिक समानता, राजनीतिक स्वतन्त्रता र स्थायित्व, स्वाभिमानीता, राष्ट्र र राष्ट्रियता, जनजीविका र जनसरोकारका गुलिया नारा लगाउँदै चुनावी घोषणा –पत्र मार्फत सम्प्रेषण गर्न पछि पर्दैन ।
कहाँ कसरी परिचालित छ त यो वर्ग ?
यो वर्ग खासगरी साम्राज्यवाद र भारतीय विस्तारवादको ईमान्दार एजेन्टको रूपमा नेपाली जनसमुदाय सामु उपस्थित हुँदै आएको छ । यो वर्गले राजनीतिक रुपमा आ–आफ्ना कला–कौशलता प्रयोग गरेर निर्वाचनको मैदानमा पुग्दछ । एक आपसमा आरोप प्रत्यारोप बीच प्रतिस्पर्धा गर्दछ । परिआए मारपिट पनि गर्दछ । जुनसुकै हथकण्डा प्रयोग गरेर भएपनि एकले अर्कोलाई पछि पार्दै आफू अगाडि जाने प्रतिस्पर्धा गर्दछ । निर्वाचनको परिणामले अघिपछि जो पारे पनि सत्ता स्वार्थ एवम् नाफाको स्वार्थमा यो वा त्यो नभनी यो वर्ग एकै ठाउँमा जोडिन पुग्दछ । यो वर्गले सत्ता हत्याउन अनेकौं प्रयास गर्दछ । आफ्नो बुताले नभ्याए सकेसम्म वर्ग चरित्र मिल्ने शक्तिसँग गठबन्धन गर्ने प्रयत्न गर्दछ । त्यसो गर्दा पनि नसके वर्ग चरित्र नमिल्ने शक्तिसँग सहकार्य वा गठबन्धन नै गरेर भएपनि जनतालाई भ्रम छर्दै निर्वाचन परिणाम आफ्नो स्वार्थमा ल्याउने प्रयत्न गर्दछ । यसो गर्दा दलाल पूँजीपति वर्गको दीर्घकालीन लक्ष्य झनै पूरा हुने अवस्था सिर्जित हुनेछ । किनकि दलाल पूँजीपति वर्गको विरुद्धमा लाग्ने राजनीतिक शक्ति नै सत्ता स्वार्थबाट बाहिरिन चाहदैन र सक्दैन । उसको निहित स्वार्थमा अग्रगामी शक्ति चुर्लुम्म डुब्न पुग्दछ । यसै सेरोफेरो भित्र यतिबेला दलाल पूँजीपति वर्ग नेपाली समुदायको माझमा यति माथि पुगिसकेको छ कि, गत विगतका निर्वाचनमा वर्ग चरित्र नमिल्ने राजनीतिक शक्तिहरू बीच नै गठबन्धन गर्ने गराउने काम गरेर निर्वाचन परिणाम आफ्नो स्वार्थमा लिने प्रयत्नमा निर्लज्ज रुपमा अग्रसर भएको देखिन्छ । यसै सेरोफेरोबाट हामीले दलाल पूँजीपति वर्ग को कहाँ कसरी परिचालित हुँदै आएको छ भन्ने कुरा पहिचान गर्दै जानू पर्दछ ।
कार्यपालिका र व्यवस्थापिकामा कस्तो भूमिका रहन्छ त त्यो वर्गको ?
माथि नै उल्लेख गरिसकेको छ कि, व्यवस्थापिका अन्तर्गतका तहगत निर्वाचनमा दलाल पूँजीपति वर्गको भूमिका के रहन्छ भन्ने बारे । त्यतिमात्र नभई दलाल पूँजीपति वर्ग निर्वाचनमा एक आपसमा मारमुग्री गरेपनि नाफाको स्वार्थमा एकै ठाउँमा आईपुग्छन् । सत्ता राजनीतिमा आईपुग्दा यिनीहरूले भागबन्डा लगाएर संवैधानिक अंगदेखि राज्यका सम्पूर्ण अवयव परिचालन गर्दछन् । राजदूत नियुक्तिदेखि उच्च शिक्षाका शैक्षिक संस्थाका प्रमुख होस वा जुनसुकै संघ÷संस्था प्रमुखसम्म भागबन्डा गरेर लेनदेन गर्दछन् । पहिलो कुरा त संसदमा पुग्न नै पूँजीकै प्रयोग गर्दछन् । त्यसमा पनि राष्ट्रिय पूँजीपति वर्गसम्मलाई प्राथमिकता दीए त तै विशेष राम्रो हुने थियो । तर तिनीहरुले त्यो अवसर कुनै छेऊकुनाबाट पनि चुहाँऊदैनन। त्यो अवसर दलाल पूँजीपति वर्गले मात्र प्राप्त गर्दछन् । बिनोद चौधरी जस्ता व्यक्तिलाई एमाले कांग्रेस जस्ता पार्टीले मनोनित गर्दै आए । त्यस्तै खेतान समूहलाई पनि कांग्रेस,एमाले जस्ता कुनै पनि पार्टीले च्याप्न छोड्दैनन । गीता राणा, बाबुराम पोख्रेल , उमेश श्रेष्ठलगायतले पार्टीलाई नगद सहयोग गर्ने नाममा निजी विद्यालयबाट आर्जन गरेको पूँजीबाट सांसद पद लिन (किन्न ?) सफल भए । त्यस्तै ल्हार्केल लामाले पनि नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सबै जसो दलमा प्रवेश गरि सांसद पद लिन किन सफल भए ?यी र यस्ता प्रवृत्ति सबै पार्टीमा मौलाएको छ । यसै प्रबृति बाट ओतप्रोत भएका पार्टीहरूले चुनावमा टिकट बितरण गर्दा नै दलाल पूँजीवादी वर्ग द्वारा परिचालित जग्गा दलाल गर्ने ,ठेक्कापट्टा गर्ने ठेकेदार,ऊध्योगपतिहरू जो संग अकुत पैसा छ तिनीहरूलाई खोजी–खोजी टिकट दिन थाल्दै आएका छन।जसले गर्दा पार्टीमा लामो समय देखि प्रतिबद्ध लगनशील,ईमान्दार,वैचारिक,राजनीतिक चिन्तन भएका होनहार क्षमतवान पार्टीका कार्यकर्ता हरू पाखा लाग्दै जाने अवस्था आईरहेको छ।यस्तो अवस्थामा पार्टी प्रति प्रतिबद्ध कार्यकर्ता ले आफ्नो अवमूल्यन भएको महसूस गर्न पुगेको देखिन्छ।यसैले पनि हो कि नयां गठन भईरहेका दलहरूप्रति खासै बिश्वास आर्जन भईनसक्दा पनिआफ्नो दलले गरेको अकर्मण्यता लाई त्याहा पुगेर प्रतिशोध लिने अवस्था सृजित हुन पुगेको ? त्यति मात्र कहाँ हो र आफ्नै बलबुतामा आर्यघाटमा सेलाएको राजतंत्र ले यस्तै अवसर छोपेर राजतंत्रबादीहरूले त्यसलाई व्यूँताऊने कोशिश गरेको ?भन्ने प्रश्न पनि जनमानसबाट ऊठ्न थाल्नु बिडम्बनाकै बिषय बन्न पुगेको छ । खÞास गरी संसदीय राजनीतिलाई मान्ने ठूला भनिएका राजनीतिक पार्टीमा यस प्रकारको अवसरवादी प्रवृत्ति मौलाएर गएको छ । समानुपातिक भनिएको कोटामा दलहरूले त्यस्ता व्यक्तिहरूलाई र आ– आफ्नो परिवार र नजिकका नातेदार, चाकडीबाजलाई लैजाने विकृति बढ्दो देखिन्छ । माथि उल्लेखित पात्रहरु त प्रतिनिधि पात्रको रुपमा मात्र लिईएको हो । यी र यस्ता पात्र थुप्रै संसद र सरकारमा पुग्दै गरेका छन् । यस्तो प्रवृत्ति सबै दलमा विकसित भएको छ । वास्तवमा कार्यपालिकाको जग व्यवस्थापिका नै हो ।
त्यसैको जगमा उठेको घर कार्यपालिका रुपी घर कस्तो बन्छ कल्पना गरिरहनुपर्ने विषय नै देखिदैन । कार्यपालिकामा रहेका मन्त्रीहरू पनि कुन चाहिँ मन्त्रालय मालादार छन् भनेर भागबन्डा लिन होडबाजी गर्दछन् भने कर्मचारीले त झन् किन गर्दैनन् ? तीनै मन्त्रीहरुले सोकीय सचिव नियुक्ति गर्न, आफन्त जन नै छनौट गर्दछन् । योग्यता क्षमता हेर्ने र पार्टीप्रति उत्तरदायी बन्ने प्रचलन छैन । मन्त्रीले आफ्ना स्वकीय सचिव राख्दा पटकपटक एउटै व्यक्ति राख्नु अनुभव र क्षमताले होईन । अवैध कार्यको गोपनीयता रहने हुनाले हो भन्ने जनगुनासो पनि सुनिन आएको छ । सांसद किनबेच, अपहरण, थुनछेक जस्ता जघन्य गतिविधिहरु त्यही वर्ग चरित्रले गराउँदै आएको छ । यसरी दलाल पूँजीपति वर्गको बर्चस्व संसद र सरकारमा बढ्दो छ । वर्तमान संविधानले आफुलाई समाजवाद उन्मुख घोषणा त गरेको छ । तर दलाल पूँजीवादले त्यसतर्फ जान दिने अवस्था देखिदैन । त्यसले संसद, सरकार, प्रशासन, बैंक, वित्तीय संस्था, न्यायालय लगायतका सबै क्षेत्र प्रयोग गर्दै कमिसनतन्त्रलाई बढावा दिई विश्व एकाधिकार पूँजीवादलाई सघाउने दिशातर्फ लैजाने निश्चित छ ।
उत्तरदायी बन्ने प्रचलन छैन । मन्त्रीले आफ्ना स्वकीय सचिव राख्दा पटकपटक एउटै व्यक्ति राख्नु अनुभव र क्षमताले होईन । अवैध कार्यको गोपनीयता रहने हुनाले हो भन्ने जनगुनासो पनि सुनिन आएको छ । सांसद किनबेच, अपहरण, थुनछेक जस्ता जघन्य गतिविधिहरु त्यही वर्ग चरित्रले गराउँदै आएको छ । यसरी दलाल पूँजीपति वर्गको बर्चस्व संसद र सरकारमा बढ्दो छ । वर्तमान संविधानले आफुलाई समाजवाद उन्मुख घोषणा त गरेको छ । तर दलाल पूँजीवादले त्यसतर्फ जान दिने अवस्था देखिदैन । त्यसले संसद, सरकार, प्रशासन, बैंक, वित्तीय संस्था, न्यायालय लगायतका सबै क्षेत्र प्रयोग गर्दै कमिसनतन्त्रलाई बढावा दिई विश्व एकाधिकार पूँजीवादलाई सघाउने दिशातर्फ लैजाने निश्चित छ । (साभारः समय दृष्टि साप्ताहिक)
ताजा
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





