फोटोमा मुक्तक प्रतियोगिताका बिजयी २७० मुक्तककारको कृति संग्रह ‘बिजयोपहार’ बिमोचित

२०८० भाद्र २५ गते, सोमबार

काठमाडौं।फोटोमा मुक्तक प्रतियोगिता शृङ्खला १ देखि १०० सम्मका २७० जना विजयी मुक्तककारहरूको ६५८ वटा मुक्तकहरूको वृहत सङ्ग्रह “विजयोपहार” को लोकार्पण गरिएको छ।

प्रज्ञाप्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा सम्पन्न लोकार्पण कार्यक्रमको सभापतितब फोटोमा मुक्तक प्रतियोगिताका परिकल्पनाकार तथा हातेमालो साहित्य सङ्गमका अध्यक्ष सुनिल अधिकारीले गर्नुभएको थियो।प्रमुख अतिथि रामकाजी कोनेले पानसमा बत्ति बालेर शुभारम्भ गर्नुभएपछि झन्डै साँढे ३ घण्टा चलेको उक्त कार्यक्रममा लीलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष बिजयध्वज थापा, घुम्तीमा मुक्तक साहित्यिक संस्थाका अध्यक्ष निर्मलरमण पराजुली, मुक्तिनाथ दर्शन साहित्य प्रतिष्ठानका अध्यक्ष हरिभक्त सिग्देल, दियालो सरगमका अध्यक्ष शान्ति शर्मा, तरेली साहित्य संस्थाका भूपू अध्यक्ष मानन्धर अभागी, मधुबन गोधुलीको साथी संस्थाका अध्यक्ष गणेशबाबु अधिकारी, नोबल साकोसका अध्यक्ष राजन न्यौपाने, लक्ष्मीदेवी साहित्य सिरपाका अध्यक्ष प्रदिपरत्न शाक्य तथा साहित्यिक चौतारी नेपालको निवर्तमान अध्यक्ष सन्दीप संग्रौला ‘दिलदुस्खी’को पनि उपस्थिती थियो।

१००औं शृङ्खलासम्म मिडिया मार्फत सहयोग गर्नुहुने ‘रहस्य’ साप्ताहिकका सम्पादक श्री मुक्ति बास्तोला ‘दिव्यदर्शन’ साप्ताहिकका सम्पादक सुशील तिवारी‘दिव्य चक्षु’ साप्ताहिकका सम्पादक श्री ड़ा. अश्वस्थामाभक्त खरेल, व्यवस्थापक मदन नेपाल,साथै निर्णायक÷प्रायोजक सौरभ कारन्जितज्यू, निर्णायक बिमल झाज्यू, निर्णायक÷प्रायोजक निलाञ्जला भारद्वाज तथा अन्य उपस्थित प्रायोजकहरुलाई प्रमुख अतिथिले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा संयोजक सुनिल अधिकारीले फोटोमा मुक्तक प्रतियोगिता तथा संयुक्त मुक्तकसङ्ग्रह ‘विजयोपहार’को जन्मको बारेमा बोल्नुभएको थियो भने अन्य सम्पूर्ण प्रमुख वक्ताहरूले ‘विजयोपहार’लाई शुभकामना दिनुभएको थियो। १०० भन्दा बढी उपस्थित सहभागीहरू मध्येबाट लगभग ३० जनाले आआफ्नो रचना वाचन पनि गर्नुभएको थियो।

हातेमालो साहित्य सङ्गमका उपाध्यक्ष विपिन मर्मले उद्घोषणको जिम्मा सम्हाल्नु भएको थियो भने व्यवस्थापन, महासचिव बिमला दाहाल, कोषाध्यक्ष पुष्पा धमला, सदस्यहरू जिज्ञासु पौडेल तिलकज्यू, दुर्लभ शाह त्यागी, सरिता थापामगर, प्रचण्ड गौतम, योगराज आचार्य (छिमेकी दाइ) ले गर्नुभएको थियो।

163 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal