देउवाले शशांक रोज्दा इतरपक्ष गोलबद्ध हुँदै

२०८० भाद्र २२ गते, शुक्रबार

काठमाडौं । नेपाली काँग्रेसको १५औं महाधिवेशन आउन अब २७ महिना मात्र बाँकी छ । उमेरका कारण १५ औं महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा फेरी सभापति बन्न सक्ने छैनन् । त्यसमाथि काँग्रेस विधानमा दुईपटक भन्दा बढी सभापित बन्न नपाइने व्यवस्था छ ।

देउवाले भावी सभापतिमा बी.पी. पुत्र शशांक कोइरालालाई अघि सार्ने सुइँको पाएपछि इतरपक्ष एक ढिक्का बन्न थालेको छ । गत भदौ १७ गते काँग्रेस नेता अर्जुननरसिंह के.सी.को नयाँ घर बुढानिलकण्ठ इटालीटारमा भावी सभापतिका लागि पहिलो चरणको छलफल गरेका छन् । उनीहरुले आफ्नो समूहमा काँग्रेस महत मन्त्री र प्रखर युवा नेता प्रदीप पौडेललाई पनि भित्र्याएर सशक्त बन्ने प्रयासमा जुटेका छन् ।

इतरपक्षमा हाल नङ्ग्रा विनाका बाघ जस्तो नेताहरु छन् । जसमा अर्जुननरसिंह केसी, बलबहादुर के.सी., जीवन परियार, बद्री पाण्डे, दिलेन्द्रप्रसाद बडुले छलफल गरेका थिए । उक्त छलफलमा शेखर कोइराला महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी र प्रदीप पौडेल थिएनन् । इतरपक्षका नेताहरुले गत २०७९ पुस ६ गते भएको संसदीय दलको नेताको चुनावमा महामन्त्री थापालाई शर्मा र पौडेलले पनि साथ दिएपछि इतरपक्षमा जोडिने विश्वास गरेका छन् ।
यता १५ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने पूर्व महामन्त्री एवं काँग्रेस नेता शशांका कोइरालाले बताइसकेका छन् तर देउवाको साथ र समर्थन नपाए कोइराला ‘माछो–माछो भ्यागुतो’ बन्ने स्पष्ट छ । त्यसो त हालका काँग्रेस उपसभापति, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पनि सभापतिमा उठ्ने चर्चा चलेको छ । नेता बालकृष्ण खाँण जेल परेपछि देउवालाई उत्तराधिकारी खोज्न सकस परेको छ । कुनै बेलाका प्रीय ठानिएका र उपसभापति समेत भैसकेका नेता विमलेन्द्र निधिसँग दूरी बढेकाले पनि देउवालाई उत्तराधिकारी छान्न पेचिलो समस्या बनेको छ ।

कोइराला–थापालाई हरेक कुरामा पेल्न थालेपछि शर्मा र पौडेललाई भित्र्याएर पार्टीको आन्तरिक विषय, सरकारको कामकारबाही र भ्रष्टाचारका बारेमा टुंगोमा पुग्न एकजुट हुन लागेको इतर श्रोतले बताएको छ । यो सरकारले भ्रष्टाचारको फाइल खोल्छ र कारवाही गर्छ, महँगी नियन्त्रण गर्छ र जनताका पक्षमा काम गर्छ भन्ने आशा र विश्वास नभएको गठबन्धनका नेताहरुले नै बताउँदै आएका छन् । पार्टीको आन्तरिक गतिविधि र काँग्रेसका मन्त्रीहरुले राम्रो काम गर्न नसकेपछि इतरपक्ष रुष्ट बनेको छ । २०८२ भित्र १५ औं महाधिवेशनमा देउवाले शशांकलाई अघि बढाउने तरखर गरेपछि इतरपक्ष एकजुट हुने प्रयासमा जुटेको छ । संस्थापत इतरपक्ष सशक्त र बलियो बने काँग्रेसका सिटौला देखिका गुटहरु भत्किने बताइएको छ ।

काँग्रेसको जनतासँग जोडिने कार्यक्रम त्यति फलदायी नभएको चर्चा चलेको छ । यतिबेला एमाले, माओवादीलगायतका दलहरु जनतासँग जोडिने अभियान शुरु गरेका छन् । देउवाले एक कार्यकाल शशांकलाई पार्टी सभापति बनाएर १६औं महाधिवेशनमा श्रीमती आरजु राणा देउवालाई सभापति बनाउने सोंचले अघि बढेको इतरपक्षका नेताहरुले बताएका छन् ।

148 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal