देउवाले शशांक रोज्दा इतरपक्ष गोलबद्ध हुँदै

२०८० भाद्र २२ गते, शुक्रबार

काठमाडौं । नेपाली काँग्रेसको १५औं महाधिवेशन आउन अब २७ महिना मात्र बाँकी छ । उमेरका कारण १५ औं महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा फेरी सभापति बन्न सक्ने छैनन् । त्यसमाथि काँग्रेस विधानमा दुईपटक भन्दा बढी सभापित बन्न नपाइने व्यवस्था छ ।

देउवाले भावी सभापतिमा बी.पी. पुत्र शशांक कोइरालालाई अघि सार्ने सुइँको पाएपछि इतरपक्ष एक ढिक्का बन्न थालेको छ । गत भदौ १७ गते काँग्रेस नेता अर्जुननरसिंह के.सी.को नयाँ घर बुढानिलकण्ठ इटालीटारमा भावी सभापतिका लागि पहिलो चरणको छलफल गरेका छन् । उनीहरुले आफ्नो समूहमा काँग्रेस महत मन्त्री र प्रखर युवा नेता प्रदीप पौडेललाई पनि भित्र्याएर सशक्त बन्ने प्रयासमा जुटेका छन् ।

इतरपक्षमा हाल नङ्ग्रा विनाका बाघ जस्तो नेताहरु छन् । जसमा अर्जुननरसिंह केसी, बलबहादुर के.सी., जीवन परियार, बद्री पाण्डे, दिलेन्द्रप्रसाद बडुले छलफल गरेका थिए । उक्त छलफलमा शेखर कोइराला महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी र प्रदीप पौडेल थिएनन् । इतरपक्षका नेताहरुले गत २०७९ पुस ६ गते भएको संसदीय दलको नेताको चुनावमा महामन्त्री थापालाई शर्मा र पौडेलले पनि साथ दिएपछि इतरपक्षमा जोडिने विश्वास गरेका छन् ।
यता १५ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने पूर्व महामन्त्री एवं काँग्रेस नेता शशांका कोइरालाले बताइसकेका छन् तर देउवाको साथ र समर्थन नपाए कोइराला ‘माछो–माछो भ्यागुतो’ बन्ने स्पष्ट छ । त्यसो त हालका काँग्रेस उपसभापति, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पनि सभापतिमा उठ्ने चर्चा चलेको छ । नेता बालकृष्ण खाँण जेल परेपछि देउवालाई उत्तराधिकारी खोज्न सकस परेको छ । कुनै बेलाका प्रीय ठानिएका र उपसभापति समेत भैसकेका नेता विमलेन्द्र निधिसँग दूरी बढेकाले पनि देउवालाई उत्तराधिकारी छान्न पेचिलो समस्या बनेको छ ।

कोइराला–थापालाई हरेक कुरामा पेल्न थालेपछि शर्मा र पौडेललाई भित्र्याएर पार्टीको आन्तरिक विषय, सरकारको कामकारबाही र भ्रष्टाचारका बारेमा टुंगोमा पुग्न एकजुट हुन लागेको इतर श्रोतले बताएको छ । यो सरकारले भ्रष्टाचारको फाइल खोल्छ र कारवाही गर्छ, महँगी नियन्त्रण गर्छ र जनताका पक्षमा काम गर्छ भन्ने आशा र विश्वास नभएको गठबन्धनका नेताहरुले नै बताउँदै आएका छन् । पार्टीको आन्तरिक गतिविधि र काँग्रेसका मन्त्रीहरुले राम्रो काम गर्न नसकेपछि इतरपक्ष रुष्ट बनेको छ । २०८२ भित्र १५ औं महाधिवेशनमा देउवाले शशांकलाई अघि बढाउने तरखर गरेपछि इतरपक्ष एकजुट हुने प्रयासमा जुटेको छ । संस्थापत इतरपक्ष सशक्त र बलियो बने काँग्रेसका सिटौला देखिका गुटहरु भत्किने बताइएको छ ।

काँग्रेसको जनतासँग जोडिने कार्यक्रम त्यति फलदायी नभएको चर्चा चलेको छ । यतिबेला एमाले, माओवादीलगायतका दलहरु जनतासँग जोडिने अभियान शुरु गरेका छन् । देउवाले एक कार्यकाल शशांकलाई पार्टी सभापति बनाएर १६औं महाधिवेशनमा श्रीमती आरजु राणा देउवालाई सभापति बनाउने सोंचले अघि बढेको इतरपक्षका नेताहरुले बताएका छन् ।

79 Views

ताजा

आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा

२०८२ मंसिर १८ गते, बिहीबार

आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा

२०८२ मंसिर १८ गते, बिहीबार

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

२०८२ मंसिर १७ गते, बुधबार

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

२०८२ मंसिर १७ गते, बुधबार

गगन थापाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

२०८२ मंसिर १७ गते, बुधबार

कुलमानले आज उज्यालो नेपाल पार्टी घोषणा गर्दै

२०८२ मंसिर १७ गते, बुधबार

चर्चित र्‍यापर भाइबर साइमनको नयाँ गीत “मस्त जवानी” को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

२०८२ मंसिर १७ गते, बुधबार

तोकिएकै समयमा निर्वाचन हुन्छः गृहमन्त्री अर्याल

२०८२ मंसिर १६ गते, मंगलवार

नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई अझ विग्रहमा लैजान्छः भट्टराई

२०८२ मंसिर १६ गते, मंगलवार

चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरु

२०८२ मंसिर १६ गते, मंगलवार

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

२०८२ मंसिर १६ गते, मंगलवार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal