साउन २९ देखि सत्याग्रहमा बस्ने डा. गोविन्द केसीको घोषणा

२०८० श्रावण १५ गते, सोमबार

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आगामी साउन २९ देखि सत्याग्रहमा बस्ने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी डा. केसीले चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधान उल्ट्याउने संगठित प्रयास भइरहेको भन्दै सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् । डा। केसीले आयोगका सहअध्यक्षसमेत रहेका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई पदीय जिम्मेवारीबाट च्युत भएर माफियाहरूको प्रयासमा साथ दिइरहेको आरोप लगाए ।

स्वास्थ्य शिक्षाका विभिन्न विषयमा सीटीईभीटीमा भर्ती भएका पार्टीका कार्यकर्ता तथा माफियाले अवैध रूपमा अघि बढाएको सिट निर्धारण र भर्ना प्रक्रिया रोक्न शिक्षामन्त्री राईले केही नगर्नुले त्यस्तो आशंका जन्माएको उनले बताए ।

डा। केसीले सीटीईभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी अवैध निर्णय खारेज गर्न पनि माग गरेका छन् । उनले दोषी पदाधिकारीलाई बर्खास्त गर्न र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन पनि आग्रह गरे ।

डा. केसीले हालका उपाध्यक्षको पदावधि सकिनुअघि नै छनोटको प्रक्रिया टुंग्याएर आयोग एक दिन पनि नेतृत्वविहीन नहुने गरी नियुक्ति गर्न सरकारलाई अल्टिमेटम दिएका छन् ।

129 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal