शुक्रबारबाट ‘अदृश्य’ प्रदर्शनमा आउने

२०८० श्रावण १५ गते, सोमबार

काठमाडौं। आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘अदृश्य’को सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरियो। सिनेमाको पत्रकार भेटघाट कार्यक्रममा निर्माता तथा निर्देशक प्रहाल्द काफ्ले, अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रविन खतिवडा र प्रिन्स प्रसिड सिंह उपस्थित थिए।

सिनेमाका निर्माता तथा निर्देशक काफ्ले ‘अदृश्य’ एउटा उत्कृष्ट फिल्म बनेको दाबी गर्छन्। कलाकारदेखि टेक्निकल टिमसम्मले कुनैपनि कम्प्रमाइज नगरी काम गरेकाले आफूले डेव्यु निर्देशकिय राम्रो बनाउन सकेको बताउँछन्। सिनेमाको पहिले नाम ‘ए’ राखिए पनि पछि कथा सुहाउँदो नाम ‘अदृश्य’ फिट हुने भएपछि परिर्वतन गरिएको बताए।

अभिनेता प्रमोद अग्रहरीले कोरोना महामारीका बीच छायांकन गरिएको फिल्मको सार्वजनिक पोस्टर, गीत र ट्रेलर दर्शकमाझ राम्रो छाप छोडेकाले दर्शक हलसम्म पुग्ने विश्वास व्यक्त गरे।

नेपालमा सस्पेन्स थ्रिलर कथामा निकै कम फिल्म बन्ने भएककाले पनि यस्तो खालका फिल्म दर्शकको रोजाईमा पर्न सक्छन्। आफ्नो लुक्सले पनि दर्शकलाई लोभ्याएको बुझाई उनको छ।

फिल्मका अर्का मुख्य कलाकार प्रविन खतिवडाले पनि फिल्म राम्रो बनेकाले दर्शकले रुचाउन सक्ने बताए। प्रमोद अग्रहरी, रिस्ता बस्नेत अनि रवी गिरी जस्ता अग्रज कलाकारसँग काम गर्न रमाइलो भएको र केही नयाँ कुरा सिक्न पाएको भन्दै शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म सवैले हेरेर सहयोग गरिदिन आग्रह गरे।

फिल्मकी मुख्य अभिनेत्री रिस्ता बस्नेतले रिलिजको ४ दिन अगाडि गरिएको पत्रकार भेटघाटले पनि दर्शकलाई फिल्मको बारेमा धेरै कुरा जान्ने अवसर मिलेकाले पनि हलमा राम्रो सङ्ख्यामा दर्शक पुग्ने अपेक्षा व्यक्त गरिन्। उनले यो फिल्मबाट धेरै कुरा सिक्ने अवसर समेत मिलेको बताइन्।

पिताम्बर फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्ममा प्रमोद अग्रहरी, रिस्ता बस्नेत, सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, प्रिन्स प्रसिड सिंह थापा, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको अभिनय रहेको छ।

राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको फिल्मका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुन्।

प्रल्हाद काफ्लेको डेव्यु निर्देशनमा निर्माण भएको फिल्ममा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ। रविन अधिकारी र रिकेश खत्री फिल्मका सह९निर्माता हुन्। फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ।

129 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal