प्रधानमन्त्री र सहरी विकास मन्त्रीको बलि बनिन् भूमि मन्त्री रन्जिता श्रेष्ठ
रुषा थापा
२०७२ साल भद्रौ ७ गते टिकापुर हत्याकाण्ड भएको थियो । सो घटनामा केही सुरक्षाकर्मीसहित दुधे बच्चाले समेत आफ्नो ज्यान गुमाउनुपर्यो । आम सर्वसाधारण पनि उत्तिकै घाइते भए । त्यसबेला मुलुकको प्रधानमन्त्री सुशील कोइराला थिए ।
उनी मुलुकमा संविधान निर्माणको अन्तिम प्रक्रियामा थिए । आआफ्नो जिल्लामा आआफ्नो धर्म, संस्कृति र जातअनुसारको नामकरण हुनुपर्ने मागसहित आम सर्वसाधारण सडकमा उत्र्रिएका थिए । २०७२ साल असोज ३ गते नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान आयो ।
जनताले आफ्नो र राष्ट्रको हि तगर्ने जनप्रतिनिधि आफैंले मतदान गरेर छान्न थाले । त्यहँी समयमा भारतले पनि नाकाबन्दी गप्र्यो । यता, २०७२ भद्रौ ७ गते भएको टिकापुर हत्याकाण्डमा सरकारले संविधान जारी भएपछि सो घटनाको नाइके भन्दै रेशम चौधरीलाई पक्रा उगर्न पक्राउ पूर्जी जारी गर्यो ।
पक्राउ पूर्जी जारी भएपछि चौधरी फरार भए । २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उनले राजपाबाट उम्मेदवारी दिए । उनी कैलाली क्षेत्रनम्बर १ बाट ३४ हजार ३४१ मतसहित विजयी भए । रेशम चौधरी त्यतिबेला प्रहरीको फरार सूचीमा थिए ।
तर, कैलालीका जनताले उनीमाथि विश्वास गरे । र, विजयी गराए । यता, जनताले विजयी गराएपछि चौधरी अदालतमा आएर आत्मसर्मण गरे । तर, आफ्नो इमान्दारिता देखाएर आत्मसर्मण गर्दागर्दै पनि अदालतले उनलाई जन्मकैदको फैसला सुनायो ।
नेपालमा जतिपनि राजनीतिक दल छन्, तीनीहरुले राजनीतिक परिवर्तनका लागि मान्छे मारेका छन् । चाहे त्यो २००७ सालमा नै होस् या २०४६ साल । त्यसैगरी, २०६२–०६३ सालमा पनि मान्छे नै मारेर राजनीतिक परिवर्तन भएको थियो ।
हिजो नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेशी दलका नेता तथा कार्यकर्ताहरुले राजनीतिक परिवर्तनका लागि भन्दै मान्छे मारेर सत्तामा पुगे । उनीहरुले सयौंदेखि हजारौं नेपालीको ज्यान लिँदा समेत राजनीतिक परिवर्तन भनेर जेल बस्नु परेन ।
तर, मान्छे नै नमारेका रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाइयो । आमसर्वसाधारणले पनि चौधरीमाथि अन्याय भएको भन्दै आवाज समेत उठाउँदै आएका थिए । अन्य पार्टीका नेताहरुले मान्छे मार्दा उनीहरुलाई जेल नहाल्ने तर चौधरीलाई हाल्ने भनेर सर्वसाधारणले चर्को विरोध गरेका थिए । चौधरी जेल गएपछि उनकी पत्नी रन्जिता श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टीको स्थापना गरियो ।
गत मंसिर ४ गतेको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्रनम्बर १ बाट ३० हजार ४०४ मतसहित श्रेष्ठ निर्वाचित भइन् । २०७४ सालमा कैलालीका जनताले चौधरीलाई विजयी गराए । जनताको विश्वासको कदर गर्दै उनले आत्मसर्मण गरे ।
यता, २०७९ सालको चुनावमा चौधरीको इमान्दारिताको कदर गर्दै कैलालीका जनताले चौधरीकी पत्नी श्रेष्ठलाई विजयी गराए । रेशमलाई कारागारबाट उपचारका लागि वीर अस्पताल लगिँदा पनि उनको हात खुट्टा बाँधिएको भिडियो वा फोटो सार्वजनिक हुँदा जनताले चर्को विरोध गरे ।
जनताले चौधरीको त्याग देखेर उनकी पत्नी रन्जितालाई सांसद बनाए । उनी सदनमा गराइन् । नेकपा माओवादी केन्द्रसँगै नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा पुग्यो । चौधरीकी पत्नी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनिन् ।
त्यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहालले चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिने निर्णय गरेपछि राष्ट्रपटि रामचन्द्र पौडेलले उनको जन्मकैद सजाय मिनाहा गरिदिए । उनी जेलमुक्त भए । अहिले पनि चौधरीकी पत्नी रन्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन् ।
छिमेकी मुलुक भारतले अहिले नेपाललाई खाद्यान्न दिन नसक्ने भनिसकेको छ । आफ्रनै मुलुकमा खाद्यान्नको अभाव भएको बहाना बनाउँदै भारतले नेपाललाई चामल नदिने वा दिएपनि भनेजति रकम तिर्नुपर्ने भनेको हो । हाम्रो मुलुकको अधिंकाश खेतीयोग्य जमिन घर र बाटो बनाएर सिद्धिएको छ ।
मुलुकभरका ९० प्रतिशत खेतीयोग्य जमिन मासिसकिँदा जसोतसो १० प्रतिशत बचेको छ । नेपालमा सात दशकअघि ९३ लाख जनसंख्या थियो । जताततै खेतीयोग्य जमिन थियो । तर, अहिले ९३ लाखबाट जनसंख्या ३ करोड पुगेको छ । छ दशकअघि नेपालको भूमि धेरै थियो ।
विडम्बना, त्यसमा भारत र चीनको आँखा पप्यो । हाम्रो मुलुकको अधिंकाश जमिन भारत र चीनले कब्जा गरेको छ । अहिले व्यापारीहरुले हप्तैपिच्छे खाद्यान्नको मूल्य बढाएका छन् । महंगीका कारण आम सर्वसाधारणको घरमा चुलो बल्न छोडेको छ । तर, खाद्यान्न उत्पादन गर्ने जमिन सबै घर र बाटो बनाएर मासिसकेको छ ।
यस्तो अवस्था सिर्जना हुँदा पनि भूमि मन्त्री रन्जिता श्रेष्ठले खेतीयोग्य जमिनमा घर र बाटो बनाउन नदिने भनेर निर्णय गरेकी छैनन् । भूमाफिया, दलाली, बिचौलियालगायतको मिलोमत्तोमा मठमन्दिर, गुठी, सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिको नाममा गएको पनि सरकारको नाममा ल्याउने भनेर उनले निर्णय गरेकी छैनन् ।
अन्य मुलुकले नेपाललाई खाद्यान्न नपठाए हामी नेपाली भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना हुन्छ । अहिले प्रायजसो सबैको घर छ । तर, जमिन कसैको छैन । हामी घर भयो भने आफुलाई सर्वश्रेष्ठ ठान्छौं । तर, यो गलत हो । किनकि जोसँग भुमि हुन्छ, त्यो नै धनी हुन्छ ।
घरले भोलि पेट भर्दैन, त्यहाँ अन्न उत्पादन गर्न सकिदैँन । तर, भूमि सम्पूर्ण खाद्यान्न उत्पादन गर्न सकिन्छ । आफ्नो र आफ्नाको पेट भर्न सकिन्छ । २०३१–०३२ सालमा हाम्रो देशले अन्य मुलुकमा खाद्यान्न नियात गर्ने गथ्र्यो । कतिपय अवस्थामा त अनुदान समेत दिन्थ्यो ।
तर, अहिले त हामी र हाम्रो सरकार खाद्य अनुदानका लागि आँखा रसाएर बस्नुपर्ने अवस्था छ । कुन देशले हामीलाई अनुदान दिन्छ भनेर छलफल हुने गरेको छ । जग्गा दलाली र भूमाफियाको मिलोमत्तोमा खेतीयोग्य जमिन मासियो ।
गरिब, निमुखा किसानसँग आनाको हजार रुपैयाँमा खेतयिोग्य जमिन किनेर उनीहरुले खण्डीकरण गरेर आनाकै लाखदेखि करोड मूल्यमा बेचे । यसरी रातारात जग्गा दलाली र भूमाफियाहरु मालामाल बने । तर, उब्जनी हुने खेतीयोग्य जमिन सबै सिद्धियो ।
अब भूमि मन्त्री रन्जिता श्रेष्ठले जनतालाई के खान दिएर बचाउने ? इट्टा खान दिने कि झण्डा ? अन्न उत्पादन हुने जमिनमा घर र बाटो बनेको छ । तर, त्यो त खान मिल्दैन नि । मानिसलाई बाच्नका लागि अन्न चाहिन्छ ।
यद्यपि, अन्न फल्ने जमिन भएपछि मानिस के खाएर बाँच्छ ? भूमि मन्त्रालयले पहिल्यै जग्गाको कित्ताकाट फुकुवा नगराउने र खेतीयोग्य जमिनको संरक्षण गरेको भए आज यो अवस्था निम्तिदैँन थियो । रन्जिता श्रेष्ठ कैलाली क्षेत्रनम्बर १ का जनताको मात्र मन्त्री होइन ।
उनी ७७ वटै जिल्लाका तीन करोड जनताको मन्त्री हुन् । आफुले मतदान गरेर जिताएको जनप्रतिनिधि मन्त्री बन्दा कैलालीका जनता खुशी हुनु स्वभाविक नै हो । पछिल्लो समय सहकारीमा व्यापक समस्या छ ।
मुलुकभर दर्तामा रहेका ३५ हजार बढी सहकारीले करोडौं बचतकर्ताको खर्बो रकम डुबाइदिएका छन् । एउटा सहकारीमा एकै बचतकर्ताको पाँच हजारदेखि २० करोडसम्म रकम फसेको छ । यो समस्या समाधान गर्ने जिम्मेवारी पनि मन्त्री श्रेष्ठको नै हो ।
सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीलाई कानूनको दायरमा ल्याई बचतकर्ताको रकम फिर्ता गराउन जिम्मेवारी उनको काँधमा छ । गत मंसिर ४ गतेको निर्वाचनमा श्रेष्ठले जसरी भएपनि चौधरीलाई जेलमुक्त गराउने वाचा गरेकी थिइन् । उनी आफ्नो वाचा पूरा गरिन् ।
तर, अब तीन करोड जनताको काम उनले गर्नुपर्ने समय आएको छ । हिजो कैलालीका जनताले उनलाई निर्वाचित गराएपनि उनी आज तीन करोड जनताको मन्त्री हुन् । त्यसैले, राष्ट्र र जनताको भलाई हुने काम उनले गर्नुपर्छ । आफ्नो जिम्मेवारी निष्पक्ष र स्वतन्त्र रुपमा निभाउनुपर्छ ।
काठमाडौंको माइतीघर मण्डलामा करिब दुई महिनादेखि सहकारी पीडित बचतकर्ताहरु आन्दोलित छन् । उनीहरु ‘घर न घाट’ को भएका छन् । कतिपयले आफ्रनै पैसाका कारण आत्महत्याको बाटो समेत रोजेका छन् । अब यो समस्या उनले समाधान गर्नुपर्छ ।
तत्कालिन भूमि मन्त्री पद्या आयलको पालामा भूमि दश वर्गमा विभाजन गर्ने निर्णय भएको थियो । त्यसैगरी, भूमि मन्त्री शाशी श्रेष्ठको पालामा खेतीयोग्य जमिन प्लानिङ गर्न नदिने र ४ आना १ दामभन्दा मुनि जग्गाको कित्ताकाट गर्न नदिने भनिएको थियो । २०७९ ज्येष्ठ ९ गतेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको थियो ।
२०७९ ज्येष्ठ २७ गतेको मन्त्रिस्तर निर्णयअनुसार भूमि मन्त्रालयले ७५३ ओटै स्थानीय तहलाई २०७९ मंसिर २३ गतेसिम्म जग्गाको वर्गीकरण गरिसक्न परिपत्र गरेको थियो । कतिपय स्थानीय तहले जग्गाको वर्गीकरण गरेर पठाए त कतिपय गर्दै थिए ।
तर, जग्गा दलाली र भूमाफियाले प्रधानमन्त्री पुष्पकमल दाहाल र सहरी विकास मन्त्री सिता गुरुङलाई करोडौं रकमको प्रलोभनमा पारेर जग्गाको कित्ताकाट खुलाउन सफल भए । २०८० बैशाख ५ गतेको मन्त्रिपरिषद्को बैठकले जग्गाको कित्ताकाट खुलाउने निर्णय गरियो ।
यता, २०८० ज्येष्ठ १५ गतेको नीति कार्यक्रम तथा बजेट वक्तव्यमा जग्गाको कित्ताकाट फुकुवा गर्ने घोषणा गरियो । प्रधानमन्त्री र सहरी विकास मन्त्रीले आर्थिक प्रलोभनमा जमिनको कित्ताकाट फुकुवा गराए । तर, भूमि मन्त्री रन्जिता श्रेठ हेरेको हेर्ये भइन् । उनले न जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय उल्टाउन सकिन् न विरोध गर्न सकिन् ।
अहिले जग्गा दलाली र भूमाफियाहरु आफुहरुले करोडौं खर्च गरेर जग्गाको कित्ताकाट फुकुवा गरेको बताउँछन् । उनीहरु मन्त्रालयका सचिव डा. दामोदार रेग्मीले नमान्दा उनलाई पनि सरुवा गरेको दाबी गर्छन् ।
यसरी जग्गाको कित्ताकाट खुलाउन जग्गा दलाली र भूमाफियासँग प्रधानमन्त्री र सहरी विकास मन्त्री पैसा खाने, अनि भूमि मन्त्री निरीह बन्ने । त्यसैले, अब भूमि मन्त्री रन्जिता श्रेष्ठले कि त जग्गाको कित्ताकाट फुकुवा गराउने निर्णय उल्टाउनुपर्छ होइन भने नैतिकताको आधारमा भएनि राजीनामा दिनुपर्छ ।
भक्तपुर
ताजा
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध
२०८३ असार १ गते, सोमबार
नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण : नेपाल डेभलपमेन्ट वाच
२०८३ असार १ गते, सोमबार
नेपालको सीमामा नेपालीलाई नै त्रास
२०८३ असार १ गते, सोमबार
#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन
२०८३ असार १ गते, सोमबार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





