होस् गर्नुस् है, घरमा आइपुग्ला ट्राफिकको चिट ?

२०८० श्रावण ३ गते, बुधबार

काठमाडौ । तीव्र गतिमा सवारी हुइँक्याउँदै हुनुहुन्छ ? उपत्यकाका चक्रपथ र अरू सडकमा ट्राफिकको आँखा छलेर भाग्दै हुनुहुन्छ कि ? त्यसो गर्दा तपाईंको गल्ती भए कारवाही र जरिबानाको सूचना तपाईंभन्दा पहिले घर पुगिसकेको हुन सक्छ ।

ट्राफिक प्रहरीले आफ्नो उपस्थितिबिना विभिन्न स्थानमा स्वचालित क्यामरा जडान गरेर तपाईंको सवारी गतिको निगरानी सुरु गरिसकेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पहिलो पटक स्वचालित क्यामरा जडान गरी तोकिएभन्दा तीव्र गतिमा सवारी चलाउने चालकमाथि निगरानी तथा कारवाही सुरु गरेको छ ।

काठमाडौँ र ललितपुरमा पर्ने चक्रपथ तथा कोटेश्वर–सूर्यविनायक सडक खण्डमा अधिकतम गति ५० किलोमिटर प्रतिघण्टा र भित्री सहर र गल्लीमा ४० किलोमिटर प्रतिघण्टाभन्दा कम गतिमा मात्र सवारी चलाउन पाउनुपर्ने व्यवस्था गरिएको खबर गोरखापत्रमा छापिएको छ ।

129 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal