भोलिदेखि इन्धनमा स्वचालित मूल्य लागु गरिँदै

२०८० असार ३१ गते, आईतवार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेको स्वचालित मूल्य पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो ।

सरकारको आर्थिक वर्ष २०७९­÷८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागु गर्ने उल्लेख गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन । निगमले २०७१ सालदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली लागु गरे पनि कार्यान्वयनमा आएको स्वचालित मूल्य कार्यान्वयनमा आउन सकेको थिए ।

साउन महिनादेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने निगमले जनाएको छ । स्वचालित मूल्य भनेको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासमा समेत स्वचालित मूल्य लागु गरिने निगमले जनाएको छ ।

यसअघि पूर्ण रूपमा मूल्य घट्दा नघटाउने र बढ्दा मात्र बढाउने गर्दा प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेको थिएन । २०७१ सालमा निगम ३६ अर्ब ऋणमा रहेको थियो । त्यसपछि क्रमिक रूपमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएको र स्वचालित मूल्य लागु गर्दै गए पनि त्यसपछि निगम ऋण चुक्ता गर्न सफल भएको थियो ।

नाफा हुँदा पनि इन्धनमा न्यून मूल्य घटाउँदा त्यसको मारमा उपभोक्ता पर्ने गरेका छन् । निगमले स्थानीय बजारमा मूल्यसमेत घटाउँदै आएको छ । हाल बजारमा पेट्रोल प्रतिलिटर १७०, डिजेलरमटितेल १५०, हवाई इन्धन प्रतिलिटर १३६ रुपियाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपियाँ रहेको छ । गोरखात्र दैनिकबाट

138 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal