काठमाडौं आउँदै गरेको बस दासढुंगामा दुर्घटना, १९ जना घाइते

२०८० असार २९ गते, शुक्रबार

काठमाडौं । झापाको कांकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको रात्रिबस भरतपुरको दासढुंगामा दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस बिहान सवा ५ बजेतिर भरतपुर–२९ दासढुंगा मदन भण्डारी पार्कनजिकै दुर्घटना भएको हो । बस अनियन्त्रित हुँदा खसेर सडकबाट करिब १० मिटर तल रुखमा अड्किएको प्रहरीले बताएको छ । रुखमा अड्किएकाले त्रिशूली नदीमा खस्न भने जोगिएको छ ।

बसमा करिब ४० यात्रु सवार रहेको प्रहरीले बताएको छ । प्रहरी घटनास्थलमा परिचालन गरिएको छ । १९ जना घाइतेलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज र भरतपुर अस्पताल पठाइएको जिप्रकाले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण संकलन भइरहेको बताइएको छ ।

126 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal