कुवेत जान लागेका ११७ श्रमिकलाई विमानस्थलबाटै फर्काइयो

२०८० असार २८ गते, बिहीबार

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाट फिर्ता गरिदिएको छ। उनीहरुको भिसा शंकास्पद भएको र उनीहरु ‘प्रतिबन्धित’काममा जान लागेको समेत आशंका भएकोले उनीहरुलाई फर्काइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी झंकनाथ ढकालका अनुसार बुधबार र बिहीबारका फरक फरक उडानबाट जान लागेका ११७ जनालाई र्फाइएको हो।

ढकालका अनुसार यसरी शंकास्पद रुपमा जान लागेका श्रमिकहरुलाई रोक्ने क्रम पछिल्ला केही दिनदेखि जारी छ। अध्यागमन कार्यालयले सलाम एयरमार्फत बुधबार साँझ कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत जान लगेका १६ जना श्रमिकलाई विमानस्थलबाट फर्काएको हो।

ढकालका अनुसार उनीहरुले साथमा बोकेका कागजातहरु शंकास्पद थिए। केही कागजातमा एउटा काम लेखिएको तर अर्कै काममा जान लागेको, केहीको दूतावासमार्फत श्रम स्वीकृतिका लागि पठाइएको पत्र शंकास्पद देखिएको थियो। उनीहरुले साथमा बोकेका कागजातमा उनीहरुले गर्ने काम अर्कै लेखिएको तर अध्यागमनका अधिकारीहरुले सोधपुछ गर्दा उनीहरुले अर्कै काम गर्न जान लागेको जवाफ दिएपछि अधिकारीहरुलाई शंका लागेको थियो। कागजातमा लेखिएका कुरा र सोधपुछमा उनीहरुले बताएका कुरा बाझिएपछि उनीहरुलाई रोकिएको हो।

यी सबै कामदारहरुले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति पनि लिइसकेका थिए । तर, उनीहरुमध्ये केहीसँग हातमा अर्कै भिसा र लगेजमा अर्कै भिसा समेत पाइएको थियो।

यसरी रोकिएकामध्ये धेरै महिला पनि छन्। उनीहरुलाई घरेलु श्रमिकका रुपमा कुवेत लैजान लागिएको आशंका गरिएको छ। नेपालबाट अहिले घरेलु श्रमिकको रुपमा काम गर्न कुवेत जान पाइँदैन। ढकालका अनुसार यो मामिलामा अध्यागमन विभागसँगै श्रम मन्त्रालय, गृह मन्त्रालय पनि जोडिने भएकोले सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको छ।

133 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal