अडियो प्रकरणबारे आरजुको प्रष्टोक्तिः मलाई विवादमा ल्याउन रचिएको षड्यन्त्र हो

२०८० असार २५ गते, सोमबार

सुरेन्द्र बहादुर खत्री सिलवाल
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झुट भएको बताएकी छन् । उक्त अडियोको अनुसन्धान गर्न उनले प्रहरीमा दिएको उजुरीको छानबिनबाट पनि सो प्रमाणित भएको उनको भनाइ छ ।

उक्त अडियो संवादमा एक व्यक्तिले अर्का कोही व्यक्तिसँग डा.राणा र मञ्जु खाडलाई रकम बुझाएको बताएका थिए । त्यो आवाज हाल अनुसन्धानमा रहेका दाङका सन्देश शर्माकै भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सो अडियोको छानबिन गर्न डा. राणाले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन् । आफूलाई जोडेर ‘फेक अडियो’ बद्नियतपूर्णरुपमा रेकर्ड गराइएको भन्दै सो अडियो कसले बनाएको हो र सामाजिक सञ्जालमा कसले राखेको हो भन्ने विषयको अनुसन्धान गरी दोषीमाथि कारबाही गरिपाऊँ भन्दै उनले गत वैशाख २७ मा उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा अनुसन्धान गरेको प्रहरीले सो आवाज शरणार्थी प्रकरणका आरोपी सन्देश शर्माको आवाजको ‘स्याम्पल’सँग मेल खाएको जानकारी आइतबार गराएको थियो ।

त्यही निवेदनमाथि अनुसन्धान गर्दा त्यो अडियो टिकटकमा कसले पहिलो पटक राखेको थियो भन्नेबारेमा भने टिकटक सिङ्गापुरसँग जानकारी मागेको तर प्राप्त नभएको पनि नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

158 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal