नयाँ दलको पनि छिट्टै पुरानो पार्टीहरूको जस्तै हविगत हुनेछः घनश्याम भुसाल

२०८० असार २३ गते, शनिबार

सुरेन्द्र बहादुर खत्री सिलवाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नयाँ दलहरूको हविगत पनि पूराना राजनीतिक पार्टीहरूको जस्तै हुने दाबी गरेका छन् ।

पार्टीनिकट कानून व्यवसायीहरूको संगठन ‘समाजवादी पेशागत कानून व्यवसायी संगठन’ले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव भुसालले दलाल र पूँजीवादले मुलुकमा ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलको पनि छिट्टै बेहाल हुने उनले बताए ।

दलाल र पूँजीवादले खडा गरेको समस्या समाधान नगरी कुनै पनि राजनीतिक दलहरू अघि बढ्न सक्ने अवस्था नरहेको उनले तर्क गरे । ‘अहिले राजनीतिमा नयाँ भन्ने चिज आइराख्या छ । स्वतन्त्र भन्ने आइराख्या छ । तिनको पनि त्यही हविगत हुन्छ । किनभने ती कसैले पनि यो दलाल र पूँजीवादमाथि प्रश्न उठाएका छैनन्, उनले भने, -सुशासनको कुरा उठाएका छैनन्, जसले रोजगारी सृजना हुन्छ । यसतर्फ उनीहरूका पनि मुद्दा केन्द्रित छैनन् ।’ महासचिव भुसालले आफ्नो पार्टीले समाजवाद निर्माणको आधारहरू तय गर्दै अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

124 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal