कोइरालाजस्तो अदम्य साहस विरलै भेटिन्छन्ः कोइराला

२०८० असार १८ गते, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले गिरिजाप्रसाद कोइरालाजस्तो अदम्य साहस र निर्णय क्षमता भएको नेता विरलैमात्र भेटिने बताएका छन् ।

गिरिजाप्रसाद कोइरालाको १००औं जन्मजयन्तीको अवसरमा सोमवार विपी कोइराला युवा नेतृत्व विकास मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रममा पूर्वमहामन्त्री कोइरालाले गिरिजाप्रसाद कोइरालाजस्तो साहस र निर्णय क्षमता सबै नेतामा नहुने बताएका हुन् ।

‘गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबैमा हुँदैन् । उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गरेर छोड्नुहुन्थ्यो,’ गिरिजाप्रसाद कोइराला कै कारण दोश्रो जनआन्दोलन सफल भएको बताउँदै नेता शशांकले भने– ‘दोश्रो जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुका कारण सम्भव भएको हो ।’

कोइरालाले रक्तदानजस्तो सामाजिक काम सबैले गर्नुपर्ने बताए । उनले २०४६ सालको आन्दोलन चरमोत्कर्षमा पुगेका बेलामा रगत अभाव भएपछि आफूले त्रिवि शिक्षण अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गरेको स्मरण गरे ।

176 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अन्तरआत्माको आवाज जहां नागरिक आफैंलाई जलाउन बाध्य हुन्छ 

२०८३ असार २७ गते, शनिबार

रुसमा दुई रोबोटले गरे विवाह, एआईको नयाँ प्रदर्शन

२०८३ असार २७ गते, शनिबार

काठमाडौंको बुद्धनगरमा फेरि अर्को आत्मदाहको प्रयास

२०८३ असार २७ गते, शनिबार

कीर्तिपुरमा रहेको होल्डिङ सेन्टरमा बाढी बस्दा सुकुम्बासीको उठीवास

२०८३ असार २७ गते, शनिबार

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

२०८३ असार २६ गते, शुक्रबार

गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँः वीर अस्पताल

२०८३ असार २६ गते, शुक्रबार

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal