यूएई १८१ रनमा अलआउट

२०८० असार १७ गते, आईतवार

काठमाडौं । विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भइरहेको सेमिफाइनल प्लेअफमा यूएईले नेपाललाई १८२ रनको लक्ष्य दिएको छ । टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले ४६.५ ओभरमा सबै विकेट गुमाएर १८१ रन जोड्यो । सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिए । प्रतिस जिसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

सन्दीपले १० ओभरमा केवल २३ रनमात्र खर्चिए । उनले ३ मेडन राखेका थिए । करणले ८.५ ओभरमा ३६ रन खर्चिएका थिए । यूएईका लागि कप्तान भित्र्या अरविन्दले सर्वाधिक ४४ रन जोडे । रोहन मुस्तफाले ३५, बासिल हमिदले २९ र विकेटकिपर आर्यांस शर्माले २८ रन बनाए ।

रन नजोड्दै पहिलो विकेट गुमाएको यूएईले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गरेको थियो । ९७ रनमा ४ विकेट गुमाएको अवस्थामा रोहन मुस्तफा र बासिल हमिदबीच पाँचौं विकेटका लागि ५८ रनको साझेदारी भएको थियो । यूएईले २६ रनमा अन्तिम ६ विकेट गुमाएको थियो ।

174 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal