यूएई १८१ रनमा अलआउट

२०८० असार १७ गते, आईतवार

काठमाडौं । विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भइरहेको सेमिफाइनल प्लेअफमा यूएईले नेपाललाई १८२ रनको लक्ष्य दिएको छ । टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले ४६.५ ओभरमा सबै विकेट गुमाएर १८१ रन जोड्यो । सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिए । प्रतिस जिसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

सन्दीपले १० ओभरमा केवल २३ रनमात्र खर्चिए । उनले ३ मेडन राखेका थिए । करणले ८.५ ओभरमा ३६ रन खर्चिएका थिए । यूएईका लागि कप्तान भित्र्या अरविन्दले सर्वाधिक ४४ रन जोडे । रोहन मुस्तफाले ३५, बासिल हमिदले २९ र विकेटकिपर आर्यांस शर्माले २८ रन बनाए ।

रन नजोड्दै पहिलो विकेट गुमाएको यूएईले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गरेको थियो । ९७ रनमा ४ विकेट गुमाएको अवस्थामा रोहन मुस्तफा र बासिल हमिदबीच पाँचौं विकेटका लागि ५८ रनको साझेदारी भएको थियो । यूएईले २६ रनमा अन्तिम ६ विकेट गुमाएको थियो ।

165 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal