बालेनविरुद्ध हजारौं फुटपाथ व्यसायी सडकमा उत्रिँदै
काठमाडौं । उद्योग व्यापार सहकार्य महासंघमा आवद्ध राष्ट्रिय स्वरोजगार व्यवसायी संघका व्यवसायीहरुले काठमाडौं महानगरविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै उनीहरुले महानगरले हालसम्म पनि फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन नगरेको भन्दै आन्दोलनमा उत्रिन लागेका हुन् ।
काठमाडौं महानगरकै इतिहासमा महानगर प्रमुख बालेन्द्र शाह सबैभन्दा झुटो मेयर भएको उनीहरुको आरोप छ । बालेन गरिबहरुको सहानुभूतिबाट चुनाव जितेर पुँजीपति वर्गको सेवा र सामान्तवादीहरुको पक्षपोषणमा लागेको राष्ट्रिय स्वरोजगार व्यवसायी संघको आरोप छ । आफूहरुसँग महानगर र सरकारले पटक–पटक गरेको सम्झौता कार्यान्वयनमा ल्याएर गरिखाने वातावरण निर्माण गरिदिन उनीहरुले माग गरेका छन् । आफूहरुको माग सम्बोधन नभएको खण्डमा कडा आन्दोलन छेड्ने उनीहरुको चेतावनी छ । बालेनले पीडामा पिल्सिएकाहरुलाई मात्र पीड दिएको र उनीमा सामन्ती शैली देखिएको राष्ट्रिय स्वरोजगार व्यवसायी संघको बुझाई छ ।
राष्ट्रिय स्वरोजगार व्यवसायी संघले आगामीअसार ११ गतेदेखि १५ गतेसम्म सम्पूर्ण राजनीतिकदलको कार्यालयमा प्रेश विज्ञप्तिसहित छलफल गर्ने र असार २४ गतेदेखि व्यापारी श्रमिकहरुको सम्बन्धित संघ÷संस्थाहरुमाअन्तरक्रियाकार्यक्रम गरी भावी आन्दोलनका लागि मोर्चा तयार गर्ने घोषणासमेत गरेको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





