१३० यात्रु बोकेको चिनियाँ जहाज पोखरा विमानस्थलमा सफल अवतरण

२०८० असार ६ गते, बुधबार

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ ।

जनवरी १, २०२३ देखि सञ्चालनमा विमानस्थलमा चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’बाट बुधबार पहिलो उडान भएको हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडान भरेर १३० जना यात्रुसहित जहाज बुधबार ९ः०६ बजे पोखरा विमानस्थल अवतरण गरेको छ ।

चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सांसदहरू प्रदीप यादव, धवलशम्शेर जबरा, दीपा गुरुङ, उदयबहादुर बोहरा, हरिशंकर चौधरी र जीवन परियार समेत सोही विमानमा पोखरामा झरेका हुन् ।

जेठ २७ गते अध्यक्ष तिमिल्सिनासहित ७ जना सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा साता लामो चीन भ्रमणमा गएका थिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ ९पुस १७ गते० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए । विमानस्थल रु २२ अर्ब लगानीमा निर्माण भएको हो । विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो ।

त्यसयता सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान हुन लागेको हो । चीनको सिचुआन एयरलाइन्सको आज चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यही असार १ गते सम्झौता भएको थियो ।

188 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal