विश्वकप छनोटः नेपालको पहिलो जित

२०८० असार ५ गते, मंगलवार

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो जित हात पारेको छ । पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग ८ विकेटको पराजय भोगेको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको हो ।

जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालीका लागि भिम सार्कीले ७७ रन जोडे । कुशल भुर्तेलले ३९ रन बनाए । दिपेन्द्र सिंह ऐरीले ३९ रन जोडे ।

यसअघि जिम्बाब्वेको हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४९ ओभर सबै विकेट गुमाएर २०७ रन जोड्यो ।

अमेरिकाका लागि शायान जाहाँगिरले रनको योगदान गरे । उनले ७९ बलमै शतक पूरा गर्दा १० चौका र ३ छक्का हिर्काए । सुशान्त मोदानीले ४२ रन र गजानन्द सिंहले २६ रन बनाए ।

नेपालका लागि करण केसीले ४ विकेट, गुल्सन झाले ३, दिपेन्द्र सिंह ऐरी २ विकेट र ललित राजवंशीले १ विकेट हात पारे । सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दा कुनै पनि विकेट नलिइ सर्वाधिक ५८ रन खर्चिए ।

149 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal