जातजातिलाई फुटाउने काम हुँदैनः प्रधानमन्त्री प्रचण्ड

२०८० असार १ गते, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा रहेका जातजातिलाई तथ्याङ्कमा नाममा फुटाउने काम नहुने बताएका छन् ।

नेपाल मगर सङ्घले भूम्या पर्व –२०८० का अवसरमा आज खुलामञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “फुटाउने काम हुँदैन, देशलाई जातिलाई फुटाउन हुँदैन भन्नेमा म स्पष्ट छु ।”

उनले मगरलगायत अरु आदिवासी समुदायलाई केन्द्रीय तथ्याङ्क कार्यालयले जनगणनाका क्रममा विभाजित गरेको गुनासो आफूसमक्ष आएको र त्यसलाई सच्याउन निर्देशन दिने बताए ।

“जनगणना सार्वजनिक गर्ने क्रममा मगर जातिलाई फुटाइएको भन्ने गुनासो आदिवासी जनजाति महासङ्घका तर्फबाट पनि आएको छ, पुनमगर मगर होइनन् भन्ने किसिमबाट जनगणनाको तथ्याङ्क सार्वजनिक भयो भन्ने मलाई थाहा थिएन”, उनले भने, “महासङ्घले मलाई जानकारी दिएपछि मैले भनिसकेको छु । केन्द्रीय तथ्याङ्क कार्यालयका प्रमुख विदेश भ्रमणमा भएकाले उनि स्वदेश फर्किएपछि त्यसलाई स्पष्ट गर्ने र सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

सबै जातजातिमध्ये मगर समुदायमा विचार, नेतृत्व र नेताको रक्षामा प्रतिबद्ध पाइएको भन्दै प्रधानमन्त्री दाहालले मगर समुदायको व्यक्तिलाई राष्ट्रकै सम्मानित पद उपराष्ट्रपति र सभामुख बनाइएको बताए । नेपाल बहुजातीय, बहुभाषिक, विभिन्न सांस्कृतिक विविधता भएको उल्लेख गर्दै उनले यो ऐतिहासिक विरासत नेपालको विशिष्ट पहिचानका रूपमा रहेको बताए ।

आदिवासी सबै प्रकृतिको पूजा गर्ने संस्कृतिबाट विकास हुँदै आएको इतिहास रहेको जनाउँदै उनले प्रकृतिको संरक्षण गर्ने कुरा सम्पूर्ण मानव जातिको संरक्षण गर्नेमा निहित छ भन्नुभयो । “जातजाति, भाषाभाषी, वर्ग, समुदाय सबैको पनि हित यसैमा छ । यस्ता पर्व मनाउनुको तात्पर्य नयाँ राष्ट्रिय एकता कायम गर्दै प्रकृतिलाई विनाश हुन नदिने अनावृष्टि, अतिवृद्धि, खण्डवृष्टि हुन नपाओस्, जलवायुको संरक्षण गर्ने कुरासँग पनि यो पर्व सम्बन्धित छ”, प्रधानमन्त्री दाहालले भने ।

प्रकृतिका संरक्षण, सम्मान र संवर्द्धन गर्ने पर्वका रूपमा भूमेपर्व रहेको उल्लेख गर्दै उनले यसपर्व मावन जातिकै हितसँग सम्बन्धित भएको बताए । “सिङ्गो मानव समुदायलाई राम्रो बनाउने उद्देश्यद्वारा यस पर्व प्रेरित छ”, उनले भने । उनले मगर समुदायका साथै सबै आदिवासी जनजाति, भाषाभाषी नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

सो समारोहमा राष्ट्रियसभा सदस्य सुरेश आलेमगरले देशभरका मगरहरूको एकता आवश्यक रहेको बताए । पुन समाज नेपालका संरक्षक एवं पूर्वमन्त्री उत्तम पुनले मगर जातिको तथ्याङ्कलाई सच्याउन तथ्याङ्क कार्यालयसँग आग्रह गरेका छन् । सो अवसरमा मगरजातिका सांस्कृतिक,सामाजिक झाँकी प्रदर्शनी गरिएको थियो ।

164 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal