यसवर्ष पनि उत्कृष्ट नम्बर ल्याउन सफल भेरी अस्पताल

२०८० जेष्ठ २८ गते, आईतवार

बाँके । दैनिक सयौँ बिरामीहरूलाई उपचार सेवा पु¥याउँदै आएको भेरी अस्पताल नेपालगञ्जले न्यूनतम सेवा मापदण्डमा लगातार तेस्रो वर्ष उत्कृष्ट नम्बर ल्याउन सफल भएको छ ।
भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईँका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको गुणस्तर तथा नियमन महाशाखाले न्यूनतम सेवा मापदण्डका लागि गरेको स्थलगत अनुगमन तथा मूल्याङ्कनमा ७५ अङ्क ल्याउन सफल भएको हो ।
भेरी अस्पताल यसअघिका दुवै वर्षमा उत्कृष्ट भएको थियो । यस वर्ष सम्पूर्ण अस्पतालहरूको स्थलगत अनुगमन तथा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक नभएपनि भेरीले प्राप्त गरेको अङ्क उत्कृष्टभित्र पर्ने अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चापागाईँले जीर्ण र साँघुरो भौतिक संरचना, जनशक्तिको पर्याप्त दरबन्दी भएपनि समिति श्रोत र साधनबाट पनि उत्कृष्ट सेवा प्रवाह गर्न प्रयासरत रहेको बताउनुभयो ।
डा. चापाईगाईंले भन्नुभयो, ‘सामूहिक भाव, उपलब्ध जनशक्ति र आर्थिक स्रोतको छरितो व्यवस्थापन, सूचना प्रविधि मैत्री कार्यसंस्कार कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारीहरूको इमान्दारिता र लगनशीलताको परिणामस्वरूप यो उपलब्धि हासिल भएको हो ।’ उहाँले सम्पूर्ण प्रतिवेदन सार्वजनिक भएपछि दुई वर्षदेखिको उत्कृष्टताले निरन्तरता पाउने अपेक्षा गरिएको बताउनुभयो ।
एक सय ५० शय्याको भेरी अस्पतालको स्तरउन्नति गरिदैँछ । त्यसका लागि नयाँ ओपिडी भवन निर्माण भई हस्तान्तरणका चरणमा छ । भेरी अस्पताल वि.सं १९४७ सालमा राजधानीको वीर अस्पतालसँगै स्थापना भएको हो ।
भेरी अस्पतालले मेडिसिन, सर्जरी, प्रसूति, बाल उपचार, नाक, कान, घाँटी, छाला, हड्डी, दाँत, मानसिक,न्यूरो, डायलिसिस लगायतका उपचार सेवा प्रदान गर्दै आएको छ ।

204 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal