यसवर्ष पनि उत्कृष्ट नम्बर ल्याउन सफल भेरी अस्पताल

२०८० जेष्ठ २८ गते, आईतवार

बाँके । दैनिक सयौँ बिरामीहरूलाई उपचार सेवा पु¥याउँदै आएको भेरी अस्पताल नेपालगञ्जले न्यूनतम सेवा मापदण्डमा लगातार तेस्रो वर्ष उत्कृष्ट नम्बर ल्याउन सफल भएको छ ।
भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईँका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको गुणस्तर तथा नियमन महाशाखाले न्यूनतम सेवा मापदण्डका लागि गरेको स्थलगत अनुगमन तथा मूल्याङ्कनमा ७५ अङ्क ल्याउन सफल भएको हो ।
भेरी अस्पताल यसअघिका दुवै वर्षमा उत्कृष्ट भएको थियो । यस वर्ष सम्पूर्ण अस्पतालहरूको स्थलगत अनुगमन तथा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक नभएपनि भेरीले प्राप्त गरेको अङ्क उत्कृष्टभित्र पर्ने अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चापागाईँले जीर्ण र साँघुरो भौतिक संरचना, जनशक्तिको पर्याप्त दरबन्दी भएपनि समिति श्रोत र साधनबाट पनि उत्कृष्ट सेवा प्रवाह गर्न प्रयासरत रहेको बताउनुभयो ।
डा. चापाईगाईंले भन्नुभयो, ‘सामूहिक भाव, उपलब्ध जनशक्ति र आर्थिक स्रोतको छरितो व्यवस्थापन, सूचना प्रविधि मैत्री कार्यसंस्कार कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारीहरूको इमान्दारिता र लगनशीलताको परिणामस्वरूप यो उपलब्धि हासिल भएको हो ।’ उहाँले सम्पूर्ण प्रतिवेदन सार्वजनिक भएपछि दुई वर्षदेखिको उत्कृष्टताले निरन्तरता पाउने अपेक्षा गरिएको बताउनुभयो ।
एक सय ५० शय्याको भेरी अस्पतालको स्तरउन्नति गरिदैँछ । त्यसका लागि नयाँ ओपिडी भवन निर्माण भई हस्तान्तरणका चरणमा छ । भेरी अस्पताल वि.सं १९४७ सालमा राजधानीको वीर अस्पतालसँगै स्थापना भएको हो ।
भेरी अस्पतालले मेडिसिन, सर्जरी, प्रसूति, बाल उपचार, नाक, कान, घाँटी, छाला, हड्डी, दाँत, मानसिक,न्यूरो, डायलिसिस लगायतका उपचार सेवा प्रदान गर्दै आएको छ ।

222 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal