स्वबासी समस्या समाधान हुन्छ – भूमिमन्त्री रन्जिता श्रेष्ठ

२०८० जेष्ठ २५ गते, बिहीबार

केके मानन्धर
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले काठमाडौंं उपत्यकाभित्रको स्वबासी समस्या समाधान गर्ने आश्वासन दिनुभएको छ । उपत्यकाबासी ब्यवस्थापन तथा सहयोग संघर्ष समितिले स्वबासी र बेनिस्साका घरखेत दर्ता खुल्ला गर्नुपर्ने माग राख्दै मन्त्रीको ध्यानाकर्षण गराउने क्रममा उहाँले आफ्नै कार्यकालमा भूमि सम्बन्धिको समस्या समाधान गर्ने बताउनुभएको हो । ‘म अहिले मन्त्रीपरिषद्को सदस्य पनि हुँ । मलाई तपाइँहरुको समस्या राम्रैसँग ज्ञात छ । त्यसैले हजारौं वर्षदेखि आफ्नै थातथलोमा बस्दै आएका स्वबासी र जग्गाको निस्सा नभएका स्थानियहरुलाई लालपूर्जा उपलब्ध गराउनेमा सहजिकरण गर्नेछु ।’ मन्त्री श्रेष्ठले बताउनुभयो । संघर्ष समितिकी संयोजक पृथविन्दु महर्जनको नेतृत्वमा गएको टोलीसँग भेटवार्ता गर्ने क्रममा मन्त्री श्रेष्ठले पीडित स्वबासीहरुको पक्षमा आफु सधैं उभिने बताउनुभएको थियो ।

पीडित पक्षले मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराउनु अघि माइतीघर मण्डलामा धर्ना दिएका थिए । उनीहरुले २०७२ सालमा जारी भएको नेपालको संविधानले सम्पूर्ण नागरिकलाई सम्पत्तिको हक प्रत्यायोजन गरेको भएपनि संविधान बमोजिम अधिकार प्राप्त नभएकोमा गुनासो गरेका छन् । उनीहरुले भूमि सम्बन्धिको अधिकार प्राप्त हुनुपर्ने माग राख्दै विभिन्न कार्यक्रम गर्दैआएको छ । स्थायी रुपमा स्वबासीहरुको समस्या समाधान गर्नको लागि बेनिस्साका घरखेत दर्ता खुल्ला गर्नुपर्ने उनीहरुको मुख्य माग हो । घरखेत दर्ता बन्द भएकै कारणले सरकारलाई तिर्नुपर्ने घर कर समेत तिर्नबाट बन्चित हुनु परेको उनीहरुको भनाइ छ । स्वबासीहरुको धर्ना र ध्यानाकर्षण कार्यक्रममा देशभरका नेवार समुदायको साझा संस्था नेवाः देय् दबूका प्रतिनिधिहरुले ऐक्यवद्धता थिए । काठमाडौं उपत्यकाभित्रका तीन शहरका पुराना बस्तीहरुमा पुस्तौंदेखि बसोबास गर्दै आएका धेरै स्वबासीहरुले लालपूर्जा पाएका छैनन् । कतिपय ठाउँमा यसअघिका भूमि व्यवस्था मन्त्री शशी श्रेष्ठको पहलमा लालपूर्जा वितरण गरिएको भएपनि त्यो कामले पूर्णता पाइसकेको छैन ।

131 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

दीपेन्द्र खड्काको नयाँ लोकदोहोरी गीत ”गुन भुल्ने मायालाई” सार्वजनिक 

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आज १९औँ गणतन्त्र दिवस, भव्यरुपले मनाइँदै

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आज बजेट सार्वजनिक हुँदै

२०८३ जेष्ठ १५ गते, शुक्रबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

आज बकर इदः देशभर सार्वजनिक बिदा

२०८३ जेष्ठ १४ गते, बिहीबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal