नबिल बैंकले ल्यायो नबिल दिगो घर कर्जा

२०८० जेष्ठ २२ गते, सोमबार

काठमाडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । आइतबार बै‌कका सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले योजनाको उद्घाटन गरेका हुन् । उनले बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको र कर्जाले दिगो विकासमा सर्वसाधारणको पहुँच पुर्‍याउने बताए ।

योजनाअन्तर्गत ग्राहकले आवास कर्जा लिन सक्नेछन् । ग्राहकले बैंकको आधारदरमा १ प्रतिशत प्रिमियम थपेर प्राप्त गर्न सक्नेछन् भने स्थिर ब्याजदर चाहनेले सात वर्षको लागि वार्षिक १०।४९ प्रतिशतमा प्राप्त गर्न सक्नेछन् ।

यस्तै सात वर्षभन्दा बढी अवधि भएको स्थिर ब्याजदर चाहनेले सात वर्षको लागि वार्षिक १०.४९ प्रतिशत र सात वर्षपछि बाँकी अवधिमा सात वर्षपश्चातको आधारदरमा १.५ प्रतिशत जोडी हुने व्याजदरमा प्राप्त गर्न सक्नेछन् ।

स्किमअन्तर्गत ग्राहकलाई १ वर्षलाई दुई लाखसम्मको निःशुल्क क्रेडिट कार्ड पनि उपलब्ध गराइनेछ । कर्जालाई ग्राहकले सरल मासिक किस्तामा अधिकतम २० वर्षसम्ममा चुक्ता गर्न सक्नेछन् ।

कर्जा सीमा न्यूनतम सात लाख र अधिकतम सीमा पाँच करोड रहेको बैंकले बताएको छ । योजनाले देशको आवास निर्माण क्षेत्रभित्र वातावरणमैत्री र सामाजिक रूपमा जिम्मेवार अभ्यास प्रवर्द्धन गर्ने विश्वास बैंकले लिएको छ ।

उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, बैंकका वरिष्ठ नायब कार्यकारी अधिकृत सुजितकुमार शाक्य, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज दाहाल तथा स्मार्ट पानीका सहसंस्थापक सुमन शाक्यको उपस्थिति थियो ।

177 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal