नबिल बैंकले ल्यायो नबिल दिगो घर कर्जा

२०८० जेष्ठ २२ गते, सोमबार

काठमाडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । आइतबार बै‌कका सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले योजनाको उद्घाटन गरेका हुन् । उनले बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको र कर्जाले दिगो विकासमा सर्वसाधारणको पहुँच पुर्‍याउने बताए ।

योजनाअन्तर्गत ग्राहकले आवास कर्जा लिन सक्नेछन् । ग्राहकले बैंकको आधारदरमा १ प्रतिशत प्रिमियम थपेर प्राप्त गर्न सक्नेछन् भने स्थिर ब्याजदर चाहनेले सात वर्षको लागि वार्षिक १०।४९ प्रतिशतमा प्राप्त गर्न सक्नेछन् ।

यस्तै सात वर्षभन्दा बढी अवधि भएको स्थिर ब्याजदर चाहनेले सात वर्षको लागि वार्षिक १०.४९ प्रतिशत र सात वर्षपछि बाँकी अवधिमा सात वर्षपश्चातको आधारदरमा १.५ प्रतिशत जोडी हुने व्याजदरमा प्राप्त गर्न सक्नेछन् ।

स्किमअन्तर्गत ग्राहकलाई १ वर्षलाई दुई लाखसम्मको निःशुल्क क्रेडिट कार्ड पनि उपलब्ध गराइनेछ । कर्जालाई ग्राहकले सरल मासिक किस्तामा अधिकतम २० वर्षसम्ममा चुक्ता गर्न सक्नेछन् ।

कर्जा सीमा न्यूनतम सात लाख र अधिकतम सीमा पाँच करोड रहेको बैंकले बताएको छ । योजनाले देशको आवास निर्माण क्षेत्रभित्र वातावरणमैत्री र सामाजिक रूपमा जिम्मेवार अभ्यास प्रवर्द्धन गर्ने विश्वास बैंकले लिएको छ ।

उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, बैंकका वरिष्ठ नायब कार्यकारी अधिकृत सुजितकुमार शाक्य, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज दाहाल तथा स्मार्ट पानीका सहसंस्थापक सुमन शाक्यको उपस्थिति थियो ।

163 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal