बच्चाको जन्मदर्ता गर्दा मावली थर लेख्ने परिपत्र सच्यायो पञ्जीकरण विभागले
काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मावली थर प्रयोग गरी बच्चाको जन्मदर्ता गरिदिने भन्दै जारी गरेको परिपत्र सच्याएको छ।
विभागले ‘मावली थर’ राख्ने भनी व्यवस्था भएको ठाउँमा ‘बच्चा जन्मिँदा कायम आमाको थर र ठेगाना’ भनी उल्लेख गरेको छ। आइतबार परिपत्र सच्याएर सार्वजनिक गरिएको विभागका निर्देशक नवराज जैसीले जानकारी दिए। विवाहअघि नै बच्चा जन्माएका एकल महिलाले विवाह गरी पतिको थर र ठेगाना लिएपछि नयाँ थरअनुसार बच्चाको जन्मदर्ता गर्दा हुने समस्या समाधानका लागि यस्तो व्यवस्था ल्याइएको हो।
यसअघिको परिपत्रमा मावली थर प्रयोग गर्न भनिएको थियो। आइतबार भने बच्चा जन्मिँदा कायम आमाको थर प्रयोग गर्ने भनिएको छ।
विभागले बच्चालाई जन्म दिने आमाको लैंगिक भूमिकाको उच्च सम्मान गर्दै परिपत्र सच्याएको जनाएको छ। आमाको थरको सट्टा मावली थर राखेर बच्चाको जन्मदर्ता गरिदिने भन्ने अघिल्लो परिपत्र आलोचित भएपछि विभागले सच्याएको हो।
यसअघिको परिपत्रमा दुईवटा व्यवस्था यस्ता थिए जसले आमाको पहिचान र अस्तित्व इन्कार गर्थ्यो।
पहिलो, विवाहअघि जन्म भएको तर ुपितृत्वको ठेगान नभएकोु बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानामा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको ठेगानामा जन्मदर्ता गरिदिने।
दोस्रो, विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा’ भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्मदर्ता गरिदिने।
यी व्यवस्थाको सट्टा बच्चा जन्मिँदा कायम रहेको आमाको थर राखेर जन्म दर्ता गरिदिने व्यवस्था गर्दै आइतबार विभागले फेरि परिपत्र जारी गरेको छ।
बावुको ठेगाना थाहा नभएका एकल महिलाका बच्चाको जन्मदर्ता आमाकै नामथर र ठेगानाबाट गर्न परिपत्रमा भनिएको छ। यो परिपत्रले आमाबुवाको सम्बन्ध विच्छेद भएर आमासँगै रहने बच्चाको जन्मदर्ता बाबुको ठेगानामा भएको रहेनछ भने आमाकै हालको ठेगानामा गरिदिन पनि भनेको छ।
आमा कारागारमा रहँदा जन्मिएका वा बालविवाहर बहुविवाह जस्ता बदरयोग्य विहेसम्बन्धबाट जन्मिएका बच्चाको जन्मदर्ता कानुन बमोजिम प्रक्रिया पुर्याइ गरिदिन परिपत्रमा उल्लेख छ। उक्त परिपत्र ६ हजार ७ सय ४३ वटै वडामा पठाइएको छ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





