आज उपराष्ट्रपति पदका लागि निर्वाचन, नतिजा पनि आजै आउने
काठमाडौं। मुलुकको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मतदान हुँदैछ। निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने मतदानमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला(बेग्लै मतदान केन्द्र तय गरिएको छ।
उपराष्ट्रपति निर्वाचनमा संघीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ। मतदाताले मतपत्रमा उम्मेदवारको तस्बिर र नाम अंकित रहेको कोठामा स्वस्तिक छाप लगाई मतसंकेत गर्नुपर्नेछ।
संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ कायम रहेको छ। निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन्। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिइन्।
राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ। उपराष्ट्रपति मर्यादाका हिसाबले दोस्रो माथिल्लो पद हो। उपराष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ। मुलुकमा उपराष्ट्रपतिको यो तेस्रो निर्वाचन हुन लागेको हो। हाल उपराष्ट्रपतिमा नन्दबहादुर पुन छन्।
ताजा
आजदेखि कांग्रेसको विशेष महाधिवेशन
२०८२ पुष २७ गते, आईतवार
आजदेखि कांग्रेसको विशेष महाधिवेशन
२०८२ पुष २७ गते, आईतवार
इरानमा ब्यापक प्रदर्शन फैलिँदै: घाइते र लासले भरिए अस्पताल
२०८२ पुष २७ गते, आईतवार
इरानमा ब्यापक प्रदर्शन फैलिँदै: घाइते र लासले भरिए अस्पताल
२०८२ पुष २७ गते, आईतवार
निर्वाचन आउन अब ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
२०८२ पुष २५ गते, शुक्रबार
नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुदै
२०८२ पुष २५ गते, शुक्रबार
निर्वाचनमा ८० हजार सेना परिचालन हुने
२०८२ पुष २४ गते, बिहीबार
सरकारले सरुवा आतंक मच्चाएको भन्दै नेपाल निजामती कर्मचारी संगठन असन्तुष्ट
२०८२ पुष २४ गते, बिहीबार
‘दाता’ को भ्रम र ‘उल्टो सहयोग’ को यथार्थ: नेपाल कसको ऋणी?
२०८२ पुष २४ गते, बिहीबार
इक्यानको सचिवमा सिलवालको उम्मेदवारी
२०८२ पुष २३ गते, बुधबार
वीरगञ्जमा आज दिउँसो १ः०० बजेसम्म थप कर्फ्यु
२०८२ पुष २२ गते, मंगलवारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





