पत्रकारको न्यूनतम पारिश्रमिक तत्काल बढाउन महासंघको माग

२०७९ फाल्गुन २९ गते, सोमबार

काठमाडौं । नेपाल पत्रकार महासंघले तत्काल पत्रकारको न्यूनतम पारिश्रमिक समयसापेक्ष वृद्धि गर्न सरकारसँग माग गरेको छ । महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले श्रमजीवि पत्रकारका समस्या, महासंघको स्थापना दिवसलगायत बारेमा छलफल गरी विभिन्न निर्णय गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।

उनका अनुसार बैठकले हाल विभिन्न सञ्चार प्रतिष्ठानमा देखिएको श्रमजीवी पत्रकारका समस्याका विषयलाई गम्भीर रूपमा लिई त्यसको समाधानका लागि कानूनी तथा दवावमूलक संघर्षको कार्यक्रमलाई अगाडि बढाउने निर्णय भएको छ ।

बैठकले हाल सञ्चारसम्बन्धी विभिन्न कानुन निर्माण हुने क्रममा रहेकोप्रति बैठकले गम्भीर चासो लिई उक्त कानुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।

सर्वोच्च अदालतले अधिकार सम्पन्न छुट्टै प्रेस रजिष्ट्रार नियुक्ति गर्न आदेश दिइसकेको सन्दर्भमा बैठकले तत्काल छुट्टै प्रेस रजिष्ट्रारको कार्यालय गठन गरी प्रेस रजिष्ट्रार नियुक्ति गर्न सरकारको ध्यानाकर्षण गराएको महासचिव पुरीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

बैठकले आगामी चैत्र १६ गते महासंघको ६८औं स्थापना दिवसलाई ‘विश्व शान्तिको मुहान’ लुम्बिनीमा विशेष कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । महासंघको सदस्यता शुद्धीकरण, सञ्चार क्षेत्रको सबलीकरणका लागि चैत्र १७ गते लुम्बिनीमा ‘राष्ट्रिय मिडिया सम्मेलन’ गर्ने निर्णय गरेको छ ।

146 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal