भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या ३४ हजार नाघ्यो

२०७९ फाल्गुन १ गते, सोमबार

काठमाडौं । गत सोमबारको विनाशकारी भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या कम्तीमा ३४ हजार १७९ पुगेको छ ।

टर्कीमा मात्र मृत्यु हुनेको संख्या २९ हजार ६०५ पुगेको त्यहाँको आपत्कालीन समन्वय केन्द्र साकोमले जनाएको छ ।

भूकम्पमा परी सिरियामा मृत्यु हुनेको संख्या चार हजार ५७४ पुगेको छ । उत्तरपश्चिमी सिरियाको विपक्षी नियन्त्रित भूभागमा मात्र तीन हजार १६० जनाको मृत्यु भएको सीएनएनले उल्लेख गरेको छ ।

त्यहाँको सरकारी समाचार एजेन्सी सानाका अनुसार भूकम्पमा परी सिरिया सरकार नियन्त्रित भूभागमा एक हजार ४१४ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार भूकम्पपछि ६ हजारभन्दा बढी भवनहरू भत्कियो । सडकको खराब अवस्था, हिमपातलगायत कारण खोजी तथा उद्धारकार्यमा कठिनाइ भएको थियो ।

उक्त भूकम्पबाट टर्कीमा एक करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । विभिन्न १० प्रान्तका सहर बढी प्रभावित भएका हुन् ।

स्थानीय समयानुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा टर्कीको गाजियन्टेपनजिकै केन्द्रविन्दु भएर ७।८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १७।९ किमि गहिराइमा थियो ।

सोमबारै दिउँसो टर्कीमा अर्को शक्तिशाली भूकम्प गएको थियो । ७.५ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रविन्दु कहरामनमारस प्रान्तको एल्बिस्तान जिल्लामा रहेको बीबीसीले जनाएको छ ।

168 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै

२०८३ जेष्ठ ३१ गते, आईतवार

न्याय जनताको घरदैलोमा  न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता

२०८३ जेष्ठ ३१ गते, आईतवार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal