‘बालबालिका शिक्षकसँग साथीजस्तै व्यवहार खोज्छन्’

२०७९ माघ २७ गते, शुक्रबार

टीकापुर । बालबालिकाले शिक्षकसँग साथीजस्तै व्यवहार खोज्छन् । विद्यार्थीलाई पढाइसँगै उनीहरुमा रहेको अन्तर्निहित क्षमतालाई उजागर गरी क्षमता विकास गर्ने काम शिक्षकबाटै हुने भएकाले परिवारका सदस्यसँग गरिने व्यवहार शिक्षकसँग खोजिरहेका हुन्छन् ।

कालिका आधारभूत विद्यालयकी शिक्षिका शान्ति काफ्ले साना बालबालिकाले अझ बढी स्नेह खोज्ने बताउँछिन् । “बालबालिकालाई असल मार्ग देखाउने, सपना देखाउने काम परिवार, साथी, विद्यालय, आफन्त सबैले गर्छन्”, उनी भन्छिन्, “शिक्षकले त भविष्य देखाउनुपर्छ । आमाको काखबाट विस्तारै विद्यालय आउने बालबालिका शिक्षक पनि आमाजस्तै माया गरुन् भन्ने चाहन्छन् ।”

काफ्लेले साना नानीबाबु काखमै निदाउने, घरजस्तै वातावरणमा खान र खेल्न खोज्ने बताइन् । “आजभोलि तीन वर्ष पार नगर्दै बालबालिकालाई विद्यालय पठाइन्छ । साना नानीबाबु विद्यालयमा पनि आमा खोज्छन्”, उनी भन्छिन्, “हामीले पनि आमाजस्तै माया गरे पो उनीहरु विद्यालयमा टिक्छन् । नभए विद्यालय आउनै मान्दैनन् ।”

शिक्षण सिकाइ क्रियाकलापको मूल उद्देश्य पनि यही हो । बालबालिकालाई पढाइसँगै असल बनाउन अभिभावक, विद्यार्थी स्वयं र शिक्षकको अहम् भूमिका रहन्छ । बालबालिका अभिभावकजस्तै शिक्षकबाट माया, स्नेह र साथीजस्तो व्यवहार खोज्छन् ।

अभिभावकले आफ्ना बालबालिका र आफ्ना सपना पूरा गर्ने, गराउने आधार खडा गर्न विद्यालय र शिक्षकप्रतिको विश्वासमा विद्यालय पठाउने गरेका कर्णाली मावि टीकापुरका शिक्षक नारायण ढुङ्गाना बताउँछन् । “विद्यार्थी विद्यालयमा रहँदा शिक्षकलाई असल अभिभावक, असल साथी ठान्छन्”, ढुङ्गाना भन्छन्, अभिभावक र विद्यार्थीको शिक्षकप्रतिको यही विश्वासका कारण शिक्षक शिक्षक बन्न सकेका हुन् । हामीले जतिखेर, जहाँ पनि उनीहरुका अपेक्षा पूरा गर्नुपर्ने हुन्छ ।”

बालबालिकामा भएका अन्तर्निहित क्षमतालाई उजागर गर्नका निम्ति शिक्षक पुल बनेका हुन्छन् । शिक्षक माया भट्टराई विद्यार्थीलाई पढाउँदा सङ्ख्या धेरै हुने भएकाले छलफल र अन्तक्र्रिया गर्न समस्या हुने गरेको बताउँछिन् । “सामुदायिक विद्यालयमा विद्यार्थी धेरै हुँदा समस्या हुन्छ”, उनले भने, “विद्यार्थीले छलफल र प्रयोगात्मक कक्षा मन पराउँछन् ।”

शिक्षिका दिलाकुमारी रावलले साना बालबालिका पढाइभन्दा खेल्न, दैनिक दिइने खाजा र शिक्षकको नजिक हुन मन पराउने गरेका बताइन् । “हामीकहाँ विपन्न समुदायका बालबालिका बढी छन् । उनीहरु दिउँसो विद्यालयमा दिइने खाजा कुरेर बस्छन्”, उनले भनिन्, “शिक्षकसँग खेल्न, कुराकानी गर्न र खेल्दै पढ्न खोज्छन् ।”

शिक्षक पदमबहादुर बुढा विद्यार्थी शैक्षिक सामग्रीको प्रयोग गर्दा खुसी हुने र सैद्धान्तिकभन्दा प्रयोगात्मक कुरामा बढी ध्यान दिने गरेका बताउँछन् । “हामीले पढाउँदा शैक्षिक सामग्रीको सकेसम्म धेरै प्रयोग गर्छौं”, उनी भन्छन्, “प्रयोगात्मक कक्षा गरेर अध्ययन गराउँदा सिकाइ छिटो हुन्छ ।”

शिक्षक धनञ्जय ढुङ्गाना विद्यार्थी शिक्षकजस्तै सक्रिय नभएको बताउँछन् । “विगतका विद्यार्थी धेरै मेहनेती तर अहिले सोचेजस्तो मेहनेती छैनन्”, उनले भने, “बालबालिकाको सिकाइ सुधारका लागि शिक्षक र विद्यार्थी दुवै मेहनेती हुनुपर्छ ।”

शिक्षिक तारा साउँद प्राविधि र अन्य ज्ञान नभएको शिक्षकलाई विद्यार्थीले नपत्याउने भएकाले शिक्षकले हरेक कुराको ज्ञान लिनुपर्ने बताउँछिन् । “अहिलेका बालबालिकाले मोबाइल, इन्टरनेटजस्ता प्रविधिको प्रयोग गरी धेरै कुरा जानेका हुन्छन्”, उनी भन्छिन्, “कुनै कुराको ज्ञान शिक्षकसँग छैन भने विद्यार्थीले हेप्छन् । त्यसैले शिक्षक धेरै मेहनेती हुनुपर्छ । हरेक प्रविधि र ज्ञानसी परिचित हुनुपर्छ ।” रासस

166 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal