कमल थापा भन्छन्– अब चुप लागेर बसेर हुन्न

२०७९ माघ २५ गते, बुधबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल अध्यक्ष कमल थापाले सनातन धर्म संस्कृतिलाई योजनाबद्ध रूपमा मास्न खोजिएको बताएका छन् ।

बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले योजनाबद्ध र संगठित रूपमा लोभलालच, भ्रम र डर त्रास देखाएर धर्म परिवर्तन गर्ने गरिएको बताए । “किरात धर्म अल्पमतमा परेको छ, अब विस्तारै बुद्ध धर्म मान्नेहरू अल्पमतमा पर्नेछन् । यो सामान्य विषय होइन,” थापाले भने, “यही रफ्तारमा धर्म परिवर्तनको डढेलो बढ्दै गएमा हाम्रो गौरवशाली संस्कृति र पहिचान नष्ट हुन्छ । चुप लागेर बसेमा हामी दिनप्रतिदिन कमजोर हुन्छौँ ।”

अध्यक्ष थापाले मौलिक धर्म संस्कृति जोगाउन नयाँ पुस्ताले प्रतिवाद गर्नुपर्ने बताए । कार्यक्रममा राप्रपा नेपालका महामन्त्रीद्वय सुशील श्रेष्ठ र राजाराम बर्तौलाले राप्रपा नेपाललाई उठाउने र अघि बढाउने बताए ।

पार्टीको उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियान अन्तरगत भक्तपुरको ३८ वडामा फागुनभित्र पार्टीका वडा कमिटी गठन र पुनर्गठन गरिने राप्रपा नेपाल भक्तपुरले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

183 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal