काँग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न सकेनः विजुक्छे

२०७९ माघ २३ गते, सोमबार

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपाली काँग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको बताउनु भएको हो ।
आज रफत सञ्चार क्लब भक्तपुरको १३ औ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममान बोल्दै उहाँले प्रमुख प्रतिपक्ष दलले सरकारलाई समर्थन गर्ने कहि नभएको चलन काँग्रेसले ल्याएको बताउनु भएको हो ।

बिजुक्छेँले भन्नुभयो, “प्रमुख प्रतिपक्ष दलले कहिल्य सरकारलाई समर्थन गर्दैन, प्रमुख प्रतिपक्ष दल त छायाँ सरकारको रुपमा रहेर सरकारको गतिबिधीलाई नियाल्नु पर्छ, सरकारका गलत कामलाई खबरदारी गर्ने, रोक्ने काम प्रतिपक्षको हो, सरकारको गलत कामलाई रोकेर देशलाई जोगाउने मुख्य जिम्मेवारी प्रमुख प्रतिपक्ष दलको हो तर सत्ताको माहेले काँग्रेसले त्यो जिम्मेवारी नै छाडिदियो ।”
उहाँले प्रतिपक्ष पनि हुँ भन्ने अनि सत्तामा भागवण्डा पनि खोज्ने काँग्रेसको नीति नै गलत भएको बिजुक्छेँको भनाइ थियो ।

उहाँले नेकपा समाजवादीका अध्यक्ष माधव नेपाललाई कम्युनिष्टनै होइनन् भन्दै कम्युनिष्ट भन्ने काँग्रेस नेतृत्वको सरकारमा जाने कम्युनिष्ट हुन नसक्ने भन्दै आलोचना गर्नु भयो । उहाँले पार्टीको नाम समाजवादी भए पनि कुन समाजवाद ल्याउन खोजेका हुन्, नेता नेपाल प्रष्ट नभएको भन्दै अरुलाई आरोप लगाएर गाली गर्ने नेता नेपालमा आफैमा ती कुरा लागू भएको बताउनु भयो ।
उहाँले काँग्रेससँग मिल्ने गरि गतिबिधि अगाडि बढाएको भन्दै ै नेकपा एमालेलाई भाई काँग्रेस भएको आरोप लगाउनु भयो ।
संसदमा सांसदलाई बोल्न नदिनु गलत भएको भन्दै नेमकिपा अध्यक्ष बिजुक्छेले भन्नुभयो, “राप्रपाले हिन्दु राज्य र राजाको पक्षमा बोल्यो भन्दै संसदमा सभामुखले रोक्नु गलत हो, संसदमा बोल्न पाउनु पर्छ, चित्त नबुझेका कुरा जवाफ दिने हो, बोल्न रोक्न पाइदैन ।”

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धन कसरी टिकाउने, राष्ट्रपतिको निर्वाचनलाई पुस १० को सहमति अनुसार कार्यान्वयन गर्ने र राजनीतिक स्थिरतालाई कायम गर्ने जिम्मेवारी प्रधानमन्त्रीको भएको बताउनु भयो ।
प्रधानमन्त्री दाहाललाई सुझाब दिन्छु भन्दै ज्ञवालीले भन्नुभयो, “कुन र कस्तो कठिन अबस्थामा एमालेले प्रचण्डलाई ल्याएर देशको राजनीतिक नेतृत्व गर्ने गरि सरकारको नेतृत्वमा ल्याएको थियो, त्यो पृष्ठभूमिलाई हेक्का राखेर परिपक्क नेतृत्व गर्नुस् त्यो मेरो सुझाब हो, इतिहासले पटक पटक अबसर दिदैन, यो अबसरलाई देशको हितमा राखेर पुस १० को सहमति पालना हुनुपर्छ, सहमतिबाट दायाँबायाँ गर्ने चेष्टा गर्नु हुदैन ।”

उहाँले नेपाली काँग्रेस सत्ताबाट बाहिर रहदाँको छटपटि पोखिरहेको भन्दै सत्तामा हिस्सेदारी पनि खोज्ने अनि प्रतिपक्षमा रहनु पाउँ पनि भन्ने यो कस्तो छटपटि हो भन्दै प्रश्न गर्नु भयो ।
मन्त्रालयको आकार घटाउने, खर्च कटौती गर्ने, सरकारको न्यूनतम साझा कार्यक्रमलगायतबाट जनतामा अहिलेको सरकारबाट आशा पलाइरहेको बेलामा राष्ट्रपतिको चुनाबलाई लिएर राजनीतिक अस्थिरता निम्त्याउदै राजनीकि चलखेल बढिरहेको चर्चा गर्दै ज्ञवालीले भन्नुभयो, “देशमा बढ्दो राजनीतिक चलखेल बढेको, बाह्य हस्तक्षेप बढेको छ, यसले नेपाल भू–राजनीतिक द्धन्द्धतर्फ फस्दैछ, यसले लोकतन्त्रनै धरापमा पर्ने खतरा बढेको छ ।”
नेपाली सञ्चार माध्यमबाट सम्प्रेषित कतिपय समाचारमा विश्वसनीयताको खरेडी लागेको भन्दै उहाँले कतिपय समाचार हेर्दा चाहिने भन्दा बढी पूर्वाग्रह राखेर समाचार सम्प्रेषण गरेको र दोहन गर्ने ढंगले आएकाले त्यस्ता कार्य रोकिनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका पूर्व प्रमुख मदनसुन्दर श्रेष्ठ, कल्पना स्मृति कोषका अध्यक्ष एवं रफत सञ्चार क्लबका संरक्षक प्रेमबहादुर थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव नारायणसुन्दर किलम्बु, महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, रासस भक्तपुरका विशेष समाचारदाता रमेश गिरीलगायतले रफत सञ्चार क्लबले १३ वर्षमा भक्तपुरलाई चिनाउन खेलेका भूमिकामाथि चर्चा गर्नु भयो ।
रफत सञ्चार क्लबका अध्यक्ष शसिलबन्धु थापाले भक्तपुर सञ्चार क्षेत्रमा निकै पछाडि परेको अबस्थामा सुरु भएको क्लबले राजनीतिक, रामाजिक, साँस्कृतिक बहस, छलफल गर्दै आवाज बिहिनहरुको आवाजलाईसमेत उठान गर्दै आएको बताउनु भयो ।
दुई पत्रकार र एक स्वास्थ्यकर्मीलाई पुरस्कार ः
नेमकिपाका अध्यक्ष बिजुक्छेँले आज सोही कार्यक्रममा राष्ट्रिय समाचार समिति मार्फत लामो समयदेखि पत्रकारिता गर्दै भक्तपुरलाई देशविदेशमा चिनाउन उल्लेख्य भूमिका खेलेको भन्दै राससकर्मी रमेश गिरीलाई नगद सहित पुरस्कार प्रदान गर्नु भएको छ ।
क्लबले प्रदान गरेको रु. ५ हजार ५०० नगद पुरस्कारसहित राससकर्मी गिरीलाई “रफत क्रियासिल पत्रकारिता पुरस्कार” सहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको हो । गिरीले प्राप्त नगद पुरस्कार भने कल्पना स्मृति कोषमा रहने गरि कोषका अध्यक्ष थापालाई हस्तान्तरण गर्नुभयो ।
त्यसैगरि कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार नारायणसुन्दर किलम्बुलाई क्रियासिल पत्रकारिता पुरस्कार र ख्वप अस्पताल भक्तपुरमा विरामीहरुको सेवामा अहोरात्र खटिनु भएका हाडजोर्नी विशेषज्ञ डा.मजेश प्रताप मल्ललाई कल्पना स्मृति स्वास्थ्य पुरस्कार जनही नगद रु. पाँच हजार ५०० सहित बिजुक्छेँले पुरस्कार प्रदान गर्नुभयो ।

 

 

 

152 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

२०८३ जेष्ठ १७ गते, आईतवार

चाँगुनारायण नगरपालिका अब ‘योगनगर’

२०८३ जेष्ठ १७ गते, आईतवार

स्रष्टा नेपालको यात्रा भिमानमा ‘उज्यालो औंसी’ माथि चर्चा

२०८३ जेष्ठ १७ गते, आईतवार

नेपालको बलियो बजेटको लक्ष्य नै धनी र गरिबबीच अन्तर साँघरो बनाउने भन्ने थियो, त्यो लक्ष्य कहाँ पुग्यो ?

२०८३ जेष्ठ १७ गते, आईतवार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal