पानीबाहिरको माछा जस्तै कांग्रेस छट्पटाइरहेको छः ओली

२०७९ माघ २२ गते, आईतवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अहिले पानीबाहिरको माछा जस्तै छट्पटाएको टिप्पणी गर्र्नुभएको छ । आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उहाँले कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर स्वीकार्न नसकेको टिप्पणी गर्नुभयो ।

‘यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ । नेपाली कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ । सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग राम्रै छ ।’ उहाँले भन्नुभयो ।

ओलीले आफूहरूले राजनीतिक स्थिरताको सँधै अपेक्षा गरे पनि अस्थिरतामात्र हात परेको बताउनुभयो। उहाँले भन्नुभयो,‘हाम्रो चाहना प्रयास र खोजी स्थिरता र स्थायीत्वको रह्यो। तर, हाम्रो प्राप्ती भने सँधै अस्थिरता रह्‍यो।’

ओलीले देशको राजनीतिक परिवर्तनपछि कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न नपाएको बताउनुभयो।

उहाँले ००७ सालपछिका कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न नपाएको बताउनुभयो। उहाँले भन्नुभयोे,‘००७ सालको राजनीतिक परिवर्तनपछि कुनै पनि सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्न सकेन्। ०१५ सालको पहिलो निर्वाचित जनप्रतिनिधिसमेत दुई वर्ष पुग्न नपाउँदै अपदस्थ गरिए, थुनामा राखिए र लोकतन्त्र अपहरित गरियो।’

192 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

झडप र तनावपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

२०८३ श्रावण ११ गते, सोमबार

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक

२०८३ श्रावण ११ गते, सोमबार

मःमभित्र कपाल, कारवाही होला त ?

२०८३ श्रावण ११ गते, सोमबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal