पाँचवटा पार्टी फेरेका बाबुराम भट्टराई पुनः आफ्नै घर भित्रिदै
काठमाडौं । कुनैबेला तत्कालीन एकीकृत नेकपा माओवादीलाई ‘भत्केको घर’ को संज्ञा दिएर पार्टी परित्याग गरेका डा. बाबुराम भट्टराई अहिले त्यही घरमा फर्किन आतुर देखिएका छन् ।
२०७२ सालमा संविधान जारी भएलगत्तै असोज ९ गते पत्रकार सम्मेलन गरेर पुरानो राजनीतिक दलको औचित्य सकिएको दाबी गरेका भट्टराईले फेरि त्यही भत्केको घरमा भित्रिने तयारी गरेका हुन् । पुरानो घर त्यागेको सात वर्षमा समेत स्थायी प्रकृतिको घर बनाउन नसकेपछि गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाटै बास मागेका भट्टराईले पारिवारिक सदस्यकै हैसियतले औपचारिक रुपमा गृह प्रवेशको प्रक्रियालाई अगाडि बढाएका छन् ।
त्यतिबेला एमाओवादी फर्कने विषयबारे पत्रकारले सोधेको प्रश्नमा भट्टराई बोलेका थिए । ‘पुरानो घर, भत्किएको घर र छाडेको घरमा जाने कुरा हुँदैन ।’ अब विस्तार नयाँ घर बनाउने हो ।’ उनले ०७३ सालमा नयाँ शक्ति पार्टी नेपाल नामको नयाँ घर पनि बनाए । तर उनको बसाई त्यो घरमा पनि सन्तोषजनक हुन सकेन । त्यसयता उनले ५ वटा घर परिवर्तन गरिसकेका छन् । नयाँशक्ति पार्टी गठन गरेर २०७४ को निर्वाचनमा होमिएका उनले आफ्नो निर्वाचन क्षेत्र गोरखाबाट कांग्रेसको समर्थनमा जित हासिल गरे पनि अन्य स्थानमा शून्य अवस्थामा रहनुप¥यो ।
नयाँशक्ति पार्टीबाट पार नलागेपछि भट्टराई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीमा मिसिन पुगे । उनले समाजवादीमा पार्टी मिसाएको एक वर्षमै सबै मधेस केन्द्रित दल एक ठाउँ हुने गरी जनता समाजवादी पार्टी (जसपा) गठन भएको थियो। २०७९ साउनमा जसपा अध्यक्ष उपेन्द्र यादव र बाबुरामबीच पार्टी संरचना र सरकारमा सहभागी मन्त्रीको विषयलाई लिएर विवाद बढ्यो। सोही विवादका कारण बाबुरामलाई अध्यक्ष उपेन्द्रले पार्टीबाटै निष्कासित गरिदिए। जसपाले निष्कासित गरेपछि भट्टराईले नयाँलाई जन्म दिए, २० साउन २०७९ मा। हाल उक्त पार्टीमा भट्टराई र महेन्द्रराय यादव अध्यक्ष रहेका छन् ।
२०५२ मा माओवादीले जनयुद्ध सुरु गर्नुअघि संयुक्त जनमोर्चा नेपालले भट्टराईकै नेतृत्वमा ४० बुँदे माग तत्कालीन देउवा सरकारलाई बुझाएको थियो। त्यतिबेलादेखि प्रचण्डसँगै रहेका बाबुराम अचानक पार्टीबाट बाहिरिएपछि उनलाई बुझ्ने सबै अचम्मित भएका थिए । उ बेला गोरखा १ बाट प्रत्यक्ष निर्वाचित भट्टराईले संसद् सदस्यबाट पनि राजीनामा दिएको घोषणा गर्दै राजीनामापत्र सभामुखलाई समेत बुझाएका थिए ।
तिनै भट्टराईले मंसिर ४ गतेको निर्वाचनमा तत्कालीन एनेकपा माओवादी र हालको माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडाबाट आफ्नो पार्टीका उम्मेदवार उठाए । तर, सफलता प्राप्त गर्न सकेनन् । त्यसयता उनी नयाँ घर निर्माण भन्दा पनि पुरानै घर फर्किन हतारिएका छन् ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





