पाँचवटा पार्टी फेरेका बाबुराम भट्टराई पुनः आफ्नै घर भित्रिदै

२०७९ माघ १२ गते, बिहीबार

काठमाडौं । कुनैबेला तत्कालीन एकीकृत नेकपा माओवादीलाई ‘भत्केको घर’ को संज्ञा दिएर पार्टी परित्याग गरेका डा. बाबुराम भट्टराई अहिले त्यही घरमा फर्किन आतुर देखिएका छन् ।
२०७२ सालमा संविधान जारी भएलगत्तै असोज ९ गते पत्रकार सम्मेलन गरेर पुरानो राजनीतिक दलको औचित्य सकिएको दाबी गरेका भट्टराईले फेरि त्यही भत्केको घरमा भित्रिने तयारी गरेका हुन् । पुरानो घर त्यागेको सात वर्षमा समेत स्थायी प्रकृतिको घर बनाउन नसकेपछि गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाटै बास मागेका भट्टराईले पारिवारिक सदस्यकै हैसियतले औपचारिक रुपमा गृह प्रवेशको प्रक्रियालाई अगाडि बढाएका छन् ।

त्यतिबेला एमाओवादी फर्कने विषयबारे पत्रकारले सोधेको प्रश्नमा भट्टराई बोलेका थिए । ‘पुरानो घर, भत्किएको घर र छाडेको घरमा जाने कुरा हुँदैन ।’ अब विस्तार नयाँ घर बनाउने हो ।’ उनले ०७३ सालमा नयाँ शक्ति पार्टी नेपाल नामको नयाँ घर पनि बनाए । तर उनको बसाई त्यो घरमा पनि सन्तोषजनक हुन सकेन । त्यसयता उनले ५ वटा घर परिवर्तन गरिसकेका छन् । नयाँशक्ति पार्टी गठन गरेर २०७४ को निर्वाचनमा होमिएका उनले आफ्नो निर्वाचन क्षेत्र गोरखाबाट कांग्रेसको समर्थनमा जित हासिल गरे पनि अन्य स्थानमा शून्य अवस्थामा रहनुप¥यो ।

नयाँशक्ति पार्टीबाट पार नलागेपछि भट्टराई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीमा मिसिन पुगे । उनले समाजवादीमा पार्टी मिसाएको एक वर्षमै सबै मधेस केन्द्रित दल एक ठाउँ हुने गरी जनता समाजवादी पार्टी (जसपा) गठन भएको थियो। २०७९ साउनमा जसपा अध्यक्ष उपेन्द्र यादव र बाबुरामबीच पार्टी संरचना र सरकारमा सहभागी मन्त्रीको विषयलाई लिएर विवाद बढ्यो। सोही विवादका कारण बाबुरामलाई अध्यक्ष उपेन्द्रले पार्टीबाटै निष्कासित गरिदिए। जसपाले निष्कासित गरेपछि भट्टराईले नयाँलाई जन्म दिए, २० साउन २०७९ मा। हाल उक्त पार्टीमा भट्टराई र महेन्द्रराय यादव अध्यक्ष रहेका छन् ।

२०५२ मा माओवादीले जनयुद्ध सुरु गर्नुअघि संयुक्त जनमोर्चा नेपालले भट्टराईकै नेतृत्वमा ४० बुँदे माग तत्कालीन देउवा सरकारलाई बुझाएको थियो। त्यतिबेलादेखि प्रचण्डसँगै रहेका बाबुराम अचानक पार्टीबाट बाहिरिएपछि उनलाई बुझ्ने सबै अचम्मित भएका थिए । उ बेला गोरखा १ बाट प्रत्यक्ष निर्वाचित भट्टराईले संसद् सदस्यबाट पनि राजीनामा दिएको घोषणा गर्दै राजीनामापत्र सभामुखलाई समेत बुझाएका थिए ।

तिनै भट्टराईले मंसिर ४ गतेको निर्वाचनमा तत्कालीन एनेकपा माओवादी र हालको माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडाबाट आफ्नो पार्टीका उम्मेदवार उठाए । तर, सफलता प्राप्त गर्न सकेनन् । त्यसयता उनी नयाँ घर निर्माण भन्दा पनि पुरानै घर फर्किन हतारिएका छन् ।

13 Views

ताजा

उपनिर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

२०७९ चैत्र १६ गते, बिहीबार

उपनिर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

२०७९ चैत्र १६ गते, बिहीबार

राष्ट्रपति पौडेलको प्रमुख राजनीतिक सल्लाहकारमा सुनील थापा

२०७९ चैत्र १६ गते, बिहीबार

राजाले तमसुक जलाएजस्तै मिटरब्याजीको तमसुक जलाउन राजेन्द्र लिङ्देनको चुनौती

२०७९ चैत्र १६ गते, बिहीबार

प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न ओलीको सुझाव

२०७९ चैत्र १६ गते, बिहीबार

स्वर्णिम वाग्लेद्वारा कांग्रेस परित्याग

२०७९ चैत्र १६ गते, बिहीबार

एसईई परीक्षाको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र

२०७९ चैत्र १६ गते, बिहीबार

रवि लामिछानेले फण्डा गरेर जितेको जित नारायण श्रेष्ठको आरोप

२०७९ चैत्र १६ गते, बिहीबार

कि सफाइ देऊ कि सजायः कुञ्जना घिमिरे

२०७९ चैत्र १० गते, शुक्रबार

पुरुषभन्दा महिलाको जनसंख्या बढी

२०७९ चैत्र १० गते, शुक्रबार

नेपालमा ६६ लाख ६६ हजार परिवार

२०७९ चैत्र १० गते, शुक्रबार

लोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’

२०७९ पुष ८ गते, शुक्रबार

भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….

२०७९ आश्विन ४ गते, मंगलवार

यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।

२०७९ आश्विन २ गते, आईतवार

भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….

२०७९ आश्विन २ गते, आईतवार

बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”

२०७९ आश्विन १ गते, शनिबार

गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार 

२०७९ भाद्र २९ गते, बुधबार

नेकपा( एकीकृत समाजवादी )को निकट सहकारी संगठन समाजवादी सहकारी संगठन नेपाल घोषणा

२०७९ भाद्र २९ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal